सरकारी जागिर छाडेर व्यापार : २५ हजारको लगानीबाट यसरि भने भट्टराई ४० करोडको मालिक

विराटनगर – काठमाडौंको प्युखाटोलमा जन्मिएका उद्योगी मुकेश उपाध्याय भट्टराईले विक्रम संवत् २०२९ सालमा विराटनगरबाट एसएलसी पास गरेर कलेज पनि विराटनगरमै पढे ।पारिवारिक सहयोगले नै सफल भइन्छ भन्ने मान्यता बोकेका उपाध्याय जागिर छाडेरै व्यवसायमा लागेका हुन् । करीब ५ वर्षजति सरकारी जागिर खाएका उनी विभिन्न ठाउँमा सरुवा हुने डरले व्यापारमा लागेको बताउँछन् । शुरूमा त उनी सानो ठेक्कापट्टामा लागे । ठेक्कापट्टाबाट पैसा त कमाइहुन्थ्यो ।

तर यसमा खासै राम्रो मानेनन् उनले । निर्माण कम्पनीको नाममा ठेक्कापट्टामा काम शुरू गरेपनि भित्रको विकृति देखेर उद्योग व्यवसायको क्षेत्रमा लाग्ने इच्छा जागेको उपाध्याय बताउँछन् । उपाध्यायले निर्माण कम्पनी बिस्तारै छाड्दै इँटाभट्टा शुरू गर्ने योजना बनाए । शुरूमा थोरै लगानीबाट भट्टा चलाउन थालेका उपाध्यायले एउटा भट्टाले मात्र खर्च धान्ने नदेखेपछि व्यवसाय बढाउने मनस्थितिमा पुगे र घाटाबीच उनी अर्को इँटाभट्टा सञ्चालन गर्नतर्फ लागे ।

शुरूमा सरकारी जागिर खाएका उनले जागिर छाडेर व्यवसायमा लाग्दा २५ हजार रुपैयाँ पैसा निकाल्न गाह्रो थियो । २०३८ सालमा कम्पनी खोलेका उनका लागि जागिरभन्दा ठूलो आधार बन्यो व्यापार । करीब २०४० सालपछि केही वर्ष इँटाभट्टा चलाएका उनले त्योभन्दा पछिल्ला वर्ष ठूला फ्याक्ट्री बनाउने काममा हात हाले । उ

नले हालसम्म १० भन्दा बढी सिमेन्ट उद्योग बनाउने काम पूरा गर्दै ठूला फ्याक्टीको कन्स्ट्रक्सनको काम गर्दै आएको बताउँछन्।‘ठूला सिमेन्ट फ्याक्टी बनाउने काममा लागेपछि मैले १० बढी सिमेन्ट फ्याक्ट्री बनाइसकेको छु,’ उपाध्यायले भने, ‘कन्स्ट्रक्सनको नि जी लगानीका सिमेन्ट फ्याक्ट्री बनाउने यो लाइन ठीक लाग्यो ।’सरकारी संरचनामा काम गर्र्दा हरेक सरकारी नीति नियमले काम गर्न निकै अप्ठ्यारो महसुस गरेका उनले एउटा निजी कम्पनीको काम गर्दा सहज भएको बताए ।

उनका ३ वटा उद्योग छन् भने ठूला सिमेन्ट उद्योग बनाउने काम पनि जारी नै रहेको छ । उनले शुरू गरेका उद्योग भैरहवा र खनारमा छन् । भैरहवामा लुम्बिनी आरएमसी र खनारमा पूर्वाञ्चल कंक्रिट उद्योग र अण्डा र्याक उद्योग खोल्ने काम शुरू भएको छ । अहिले मोरङको पर्यटकीय क्षेत्र जेफालेमा कृषि फर्म सञ्चालन गर्नको लागि तयारी भइरहेको उनले बताए ।कृषि फर्मको रुपमा अगाडि बढाउन जेफलेमा कृषि फर्म सञ्चालनले पहाडी क्षेत्रको विकास गर्न खोजिएको उनले बताए ।

‘विकासमा पछि परेको ठाउँलाई विकास गर्नुपर्छ,’ उनले भने, ‘कृषि उद्यमको रुपमा विकास गरी अगाडि बढ्न खाजिएको हो ।’उनले किवी, कफी, कागती, अम्रिसो, ग्राउन्ड एपल लगायतको सम्भावनै–सम्भावना रहेकाले राम्रो फर्मको रुपमा विकास गर्ने योजना बनाएको उल्लेख गरे । कृषिमा एकदमै नगद प्राप्त गर्न सकिने भएकाले त्यसलाई सदुपयोग गर्दै नगद उपार्र्जनसँगै धेरैलाई रोजगारी प्राप्त गर्ने आधारको रुपमा अहिले पनि काम भइरहेको उनले बताए ।

अहिले भइरहेका कामसँगै केही फरक काम गरेर देखाउन विराटनगरभित्रै २० बि गाहा जग्गा भाडामा लिएर पार्क बनाउने योजना बनाएको उनले बताए । टीमवर्कमा काम गर्दा मज्जा आउने उनले बताए । व्यापार गर्दा ध्यान दिनुपर्ने कुरा त्यसको ब्यवस्थापन भएकाले व्यवस्थापनलाई मध्यनजर राख्दै आफूले आफ्ना कम्पनी तथा उद्योगमा टीम वर्कमा काम गर्दा सफल भएको बताए । ‘दाङमा अहिले सिमेन्ट उद्योग बनाउने काम भएको छ, त्यहाँको टीमवर्कले राम्रो काम गरेको छ,’ उनले भने, ‘लुम्बिनीको आरएमसीमा पुलमा कन्स्ट्रक्सनको कंक्रिट निर्माण र खनारमा कंक्रिट ब्रिक यी सबैमा परिवारको साथ छ।’

खनारमा उत्पादन हुने ब्रिक विदेशी प्रविधिबाट उत्पादन हुने इँटा हो । आगो बाल्नु नपर्ने कम्प्रेसरको माध्यमबाट बन्ने धुवारहित, सिमेन्ट कच्चा पदार्थबाट कम्प्रेसर ब्रिक अहिलेको नयाँ प्रविधि भएको उनले बताए ।अहिले उनीसँग १ सयभन्दा बढी कामदार छन् ।

यसरी काम गर्नेमा प्राविधिक टीममा २० जना इन्जिनियरसहित रहेका छन् । शुरूका दिनमा आर्थिक अवस्था न्यून रहेका उनलाई आफैले केही गर्नुपर्छ भन्ने त लाग्यो । तर पैसा जुटाउन समस्या थियो । शुरूमा साथीभाईको लहैलहैमा लागेर पार्टनरशिपको आधारमा २५ हजार रुपैयाँ निकालेका उनले पछि यसैलाई निरन्तरता दिँदै गर्दा झण्डै ३५ वर्षको अवधिमा ४० करोड रुपैयाँको लगानी उद्योगमा भित्र्याइसकेका छन् ।उनलाई अहिले बैंकले पनि आवश्यक पर्दा जति पनि लगानी गर्छ ।

तर कुन परियोजना कसरी अगाडि लैजाने भन्ने विषयको योजना आफूमा हुनुपर्ने उनको तर्क छ । अहिले वर्षमा केही नहुँदा पनि ४० लाख रुपैयाँ बैंकलाई ब्याज नै बुझाउन फाइदा लिनैपर्ने बाध्यता रहेकाले पनि फाइदामा उद्योग गएको उनले बताए । ब्याज भनेको फाइदाको रकमबाट तिर्न सकिने भएकाले अहिलेको कमाई वार्षिक त्यही रुपमा रहेको सुनाउँछन् । उनले भने, ‘सबैको सहयोग भएन भने सबै योजनाहरू फेल हुन्छ।

लगानी गर्नभन्दा पहिला त्यसको अवस्था मापन गर्नुपर्छ । अर्थात् फिजिबिलिटी मापन गर्नुपर्छ, त्यसैको आधार नै सफल बन्नुको कारण हो ।’उनको एउटा छोरो विराटनगरमा नै बसेर उनलाई सहयोग गर्दै आएका छन् भने अर्को छोरा यूकेमा छन् । उनलाई आफ्नी पत्नीले पनि उस्तै सहयोग गर्दै आएकी छन् । उनकी पत्नी घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी समितिको केन्द्रीय अध्यक्ष हुन् ।

उपाध्याय आफू सफल हुनुको पछाडि मेहनत नै कारण रहेको बताउँछन् । उनका अनुसार मेहनतसँगै आफू क्रियाशील हुनुपर्ने, लगानी कर्मचारीले हेर्छ भनेर नहुने, कामको अनुगमन गर्नुपर्ने उनले बताए ।सफलताका लागि पारिवारिक साथ पनि महत्त्वपूर्ण हुने उन ले बताए । अहिले उनलाई भाइ, छोरा र पत्नीको साथ दिएका छन्, परिवार नै उद्योगमैत्री छ। सफल हुने व्यक्ति सहृदयी, सामाजिक व्यक्तित्व हुनुपर्ने उनले बताए । यति लगानी गर्दा यति फाइदा पुग्छ भन्ने कुरा स्पष्ट भयो भने सफल व्यवसायी बन्न सकिने उन को अनुभव छ ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.