साउदीको जेलमा रगत बान्ता गर्दा गर्दै भाग्यले बाँचेका झापाका प्रशान्त लिम्बुको मनछुने कथा

रोसन भट्टराई, झापा ।

झापा बुद्धशान्ति गाउँपालिका–४ का प्रशान्त लिम्वुले जेल जीवन विताए । २५ अप्रिल २०१७ मा उनी कार्यरत कम्पनी ‘करम अल खालिज फर ब्लक एण्ड प्रिकास्टिङ’ को कङ्क्रिड बोक्ने गाडीमा कार ठोक्कियो र कार चालकको मृत्यू भयो । कम्पनीले लाईसन्स विना गाडी चलाउन लगायो । तर जव दुर्घटना भो कम्पनीले गैह्रजिम्वेवारी कुरा गर्यो । उनी दोषी ठहरिए । जेल र ब्लडमनी तिर्नुपर्ने अदालतले निर्णय गर्यो ।

जेलमा बस्दा उनले धेरै दुख पाए । उनले पत्रकारसंग कुराकानी गर्दै भने, “साउदी जेलमा मुस्लिमले गैह्रमुस्लिाई ठुलो विभेद गर्छ । खाना खाने वेलामा पहिला मुस्लिम कैदीबन्दीले खाने त्यसपछि वाँकी रहेको खाना गैह्रमुस्लिमहरुले खानु पर्ने बाध्यता छ । यस्तै पीडा भोक्दै मैले ९ महिना २० दिन विताए ।” मलाई लाग्थ्यो म यहाँवाट वाँचेर जादिन् रगत उल्टी गर्न थालिसकेको थिए ।

तीर्खा लागेको वेला पानी खान नपाईने, कम्पनीले नहेर्ने । जतिसमय जेल बसे उनलाई जेलमा कोई भेट्न गएनन् । विदेशी जेलमा आफन्तको त कुरै छोडौँ, कम्पनीका मान्छे पनि एक दिन भेट्न गएनन् । रोए, कराए पनि कस्ले सुन्छ र मेरो पीडा । धन्न जेल भित्रकै एक जना मुस्लिम कैदीले मलाई सहयोग गर्यो र म वाँच्न सफल भए । सोही कारण पुन म मातृभुमीमा फर्किन पाए ।

उनलाई २ लाख ४० हजार साउदी रियलको विगो हालियो । पछि कम्पनीले गाडी चलाउन लगाएको केही प्रमाण पेस गरेपछि कम्पनीले आधा रकम तिर्न सहमत भयो । र उनले १ लाख २० हजार साउदी रियाल (नेपाली ३६ लाख १ हजार ६ सय रुपैयाँ) मात्र तिर्नुपर्ने भयो । १३ फेब्रअरी २०१८ मा उनी जेल मुक्त त भए तर तत्काल स्वदेश फर्कन पाएनन् । अदालतले तोकेको ब्लडमनी तिर्नुपर्ने कारण । ब्लडमनी तिरेको ५ महिनापछि मात्र उनी स्वदेश फर्किए ।

यसरी जुट्यो सहयोग :

नेविसंघ केन्द्रीय सदस्य खड्ग पंङ्दाक(लिम्वु) कामको शिलशिलामा झापा थिए । उनलाई अचानक बाहिर देशवाट एउटा सन्देशमुलक जानकारी प्राप्त भयो । त्यो जानकारी सन्देश चेम्जोङको थियो । उक्त सन्देशमा भनिएको थियो, झापा बुद्धशान्ति–४ बर्नेका प्रशान्त लिम्वु साउदी जेलमा छन् ।

ब्लडमनी यति तिर्नुपर्ने यस्तै सन्देशले खड्गको मनमा चिसो पलायो । उनले प्रशान्तलाई जसरी भएपनि स्वदेश फर्काउनुपर्छ भन्ने सोच बनाए । आफ्नै गाउँ, आफ्नै ठाउँको भाई, मेरो पहल र सहयोगले उनी स्वदेश फर्कन्छन् र परिवारमा खुसी छाउँछ भने यो काम गर्नुपर्छ भन्ने उद्धेश्यले उनी शान्तिनगर तिर आए ।

प्रशान्तकै घरमा एउटा बैठक राखी नेविसंघ जिल्ला स–सचिव भुपेन्द्र थेवेको “संयोजगत्वमा प्रशान्त लिम्वु देश फर्काउ अभियान” संचालन गर्ने निर्णय गरियो । उनको नेतृत्वमा रहेको समिति रकम उठाउँन गाउँ÷गाउँ गए । खड्ग भने बाहिर अन्य संघ-संस्था र दाताहरु कहाँ पहल कदमी र समन्वय गर्न थाले । नभन्दै छोटो समयमा प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)ले १५ लाख ४४ हजार २ सय ६०, प्रेम राई बचाउ अभियान मूल समितिले १५ लाख, प्रशान्त लिम्बु देश फर्काउ अभियान झापा ५ लाख ४ हजार, किराँत याक्थुम चुम्लुङ्ग केन्द्रीय कार्यालय ललितपुरले ८० हजार र प्रशान्त लिम्बु देश फर्काउ अभियान ताप्लेजुङले ५६ हजार ९ सय ४० रुपैयाँ सहयोग गरे । प्रशान्तको ब्लडमनि तिर्नु पर्ने रकम २०७५ असोज ९ गते परराष्ट्र मन्त्रालयलाई हस्तान्तरण गरियो ।

रकम बुझाएको ५ महिना उनी गत साता घर फर्किए । उनले भने, “मलाई स्वदेश फर्काउन सहयोग गर्ने सवै दाताहरुलाई धन्यवाद । यस्तो दुख अन्य नेपालीलाई कहिल्यै नपरोस् । मरेर पनि वाँचेर स्वदेश फर्किए, यो सारा नेपालीले गरेको सहयोगले नै हो ।”

प्रशान्तलाई स्वदेश फर्काउने अभियानमा सहयोग पुर्याउने नेविसंघ केन्द्रीय सदस्य खड्ग पंङ्दाक, जिल्ला सह–सचिव भुपेन्द्र थेवे, स्थानीय सुमन राई, नरेस लावती, परिवारजनले प्रशान्तलाई स्वदेश फर्काउन गरेको अमुल्य सहयोग प्रति कृतज्ञता प्रकट गरेका छन् । यससंगै प्रशान्तकै घरमा आएर सनराईज अग्रेजी विद्यालयका प्रिन्सिपल सुर्यमान लिम्वु र भाइस प्रिन्सिपल मीलन लिम्वुले युकेजीमा बढ्दै गरेका ६ बर्षिय छोरा मन्जीलको बर्षभरी खर्च विद्यालयले बोहोर्ने जानकारी गराएका थिए ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.