साउदीमा कमाएर फर्केपछि क्याम्पस…

उनी हुन टिका काफ्ले । घर नवलपरासीको मध्यबिन्दु नगरपालिका ७ । कक्षा ११ की विद्यार्थी । उमेरले ३३ पुगेकी टिका अहिले नवजागरण बहुमुखी क्याम्पसकी विद्यार्थी हुन् ।९ कक्षा पढ्दै गर्दा उनको बिबाह भयो । बिबाह पछि उनले पढाई पुरा गर्न पाईनन् । १६ बर्षकै उमेरमा विवाह भएपछि पढ्ने उनको इच्छा इच्छामै सिमित रह्यो ।

अझ १७ बर्षको उमेरमा उनी आमा भइन । पढ्ने उमेरमा छोराछोरीको स्याहार सुसारमा उनका दिनहरु बिते । अर्को सन्तान पनि थपिएपछि त उनलाई पढ्ने कुराको सम्झना पनि हुन छोड्यो ।छोराछोरी हुर्काउँदै घर सम्हालेर बसिन् उनी । विस्तारै छोराछोरी हुर्किंदै गए । परिवार दुईबाट चार पुगेपछिअव आर्थिक अवस्था पनि बलियो बनाउनुपर्ने भयो ।

टिकाको श्रीमान केशवको चोरमारा बजारमा किराना पसल थियो । व्यापार थाल्नु अघि विदेश हिंड्ने विचार गरेका केशवको मेडिकल रिपोर्ट राम्रो नआएपछि उनी पसल गरेर बसेका थिए । पसलबाट त्यति राम्रो आम्दानी थिएन । टिकाका जेठाजु रमन साउदी अरबमा काम गर्दथे । श्रीमानलाई बिदेश जान स्वस्थ्यले साथ नदिएपछि एकदिन टिकाले श्रीमानसंग आफु बिदेश जाने र काम गर्ने प्रस्ताव गरिन् । यसमा उनका श्रीमान केशव पनि सहमत भए ।

बिदेशमा रहेका आफ्ना दाजु रमनसंग बुहारी टिका बिदेश आउन चाहेको कुरा केशवले गरे । रमनले पनि उनी बिदेश आएर काम गर्न इच्छुक भए आफुले कम्पनीको भिषा पठाईदिने र काम गर्न सक्ने जानकारी दिएपछि टिकाको विदेश यात्राको बाटो खुल्यो । रमनले भिषा पठाएपछि टिका २ बर्षकी छोरी श्रीमानलाई जिम्मा लगाएर साउदी अरबमा रोजगारीका लागि हिंडिन् ।

साउदीको अलमराई कम्पनीमा उनले र उनका जेठाजुले संगै काम गर्दथे । साउदी गएको लगभग २ महिना भएको थियो । उनी अरबी भाषा राम्रोसंग बोल्न जान्ने भईसकेकी थिईन । घरमा ४ बर्षको छोरा र २ बर्षकी छोरी श्रीमानको साथमा थिए । पैसा कमाउने र छोरा छोरीको राम्रो जीवनको लागि बालख छोराछोरी छोडेर हिडेकी टिकालाई श्रीमानलाई पनि त्यहि कम्पनीमा बोलाउन पाए सँगै काम गर्न हुन्थ्यो भन्ने लाग्न थाल्यो ।

एक दिन उनले कम्पनीको म्यानेजरसंग आफ्नो श्रीमानले पनि नेपालमा गाडी चलाउन जानेको र नेपाली लाईसेन्स भएकोले बोलाईदिन प्रस्ताव राखिन । २ जना छोरा छोरी रहेको र आर्थिक अवश्था कमजोर रहेकोले आफ्नो श्रीमानाई भिषा पठाए सँगै काम गर्ने बताएपछि उनी भिषा पठाउन तयार भए ।

टिकाका श्रीमान पनि छोराछोरी बुवाआमाको जिम्मा लगाएर साउदी उडे । २ बर्षसम्म टिका र केशवले एउटै कम्पनीमा काम गरे ।२ बर्ष बितेपछि टिका नेपाल फिर्ता भईन । घरमा छोराछोरीलाई हेरबिचार गर्न थालिन । केशब पनि साउदीमा रहेकाले दुबै जनाले छोराछोरी छोड्नु हुदैन भन्ने लागेर २ बर्षमा नै उनी नेपाल फिर्ता भईन । तर केशब ६ बर्षसम्म साउदीमा बसे । अब उनीहरुको आर्थिक अवस्था केहि सुधार भैसकेको थियो । ठाउँ ठाउँमा घडेरी किनिसकेका उनीहरुले ६ बर्ष पछि नेपालमा केहि गर्नु पर्छ भन्ने बिचार गरेर चोरमारा बजारमा भएको जग्गामा घर बनाएर साईकल पसल शुरु गरे ।अब छोराछोरी पनि स्कुल पढ्ने भईसकेका थिए ।

साईकल पसल पनि राम्रोसंग चलिरहेको थियो । सोहि क्रममा सुरक्षित आप्रवाशन परियोजना नवलपरासीमा पनि शुरु भयो । सो परियोजनामा बिदेशबाट फर्किएका रिर्टनी स्वयमसेवकको लागि आवेदन खुल्यो । टिकालाई सो काम गर्न इच्छा जाग्यो र उनले रिर्टनी स्वयमसेवको काम गर्न थालिन ।

घरमा पसल थियो छोराछोरी स्कुल जान्थे । टिकालाई आफ्नो अधुरो पढाईले झक्झक्याउन थाल्यो । आफ्नोे ईच्छा श्रीमान केशबलाई सुनाईन । केशवले खुशीसाथ त्यसलाई अघि बढाउन सुझाव दिए ।उनकै घरमा एकजना विद्यालयमा पढाउने शिक्षक बस्थे । उनले पढ्न उमेरले छेक्दैन भनेर प्रेरणा दिइरहन्थे। त्यसैले पनि पढ्ने आँट जुटाएकी टिकाले २०७१ सालमा एसएलसी दिईन । र पास पनि भइन् ।

७१ सालमा एसएलसी त पास भईन उनी तर उनले त्यसपछिको पढाई पुरा गर्न समस्या पर्यो । किनकी उनको नजिकमा रहेको कलेजमा बिहानमा पढाई हुन्थ्यो । उनलाई बिहान कलेज जान समय मिल्दैनथ्यो । छोराछोरीलाई खाना पकाएर, खुवाएर स्कुल पठाउने बेलामा कसरी स्कुल जाने ? फेरी पनि उनको पढाई राकियो ।

तर पनि एसएलसी पासगरे पछि केहि ढुक्क उनी २ बर्ष पछि कलेजमा दिउसोमा पढाई शुरु भएपछि भर्ना भइन् । सुरुमा केहि असजिलो भएपनि शिक्षकको साथ सहयोग मायाले गर्दा आजकल उनलाई कलेज जान सहज वातावरण मिलेको छ ।

उनी भन्छीन “पहिलो दिनमा त मलाई देखेर साथीहरु हाँसेका थिए तर मेरो पढ्ने इच्छालाई कसैले मार्न सकेन । म कलेज जान छोडीन ।आजकल त साथीहरुले पनि साथ दिन थालेका छन् । पढ्न उमेरले कहाँ छेक्छ र ?”

You might also like More from author

Leave A Reply

Your email address will not be published.