वर्ल्ड रेसिङ च्याम्पियनसिपमा यामाहा टिम तयार

पेट्रोनस यामाहा रेसिङ टिमको पहिलो तस्बिर सार्वजनिक भएको छ।दुई राइडरको मलेसियाको सेपाङ र अन्य स्थानमा आयोजना गरिने वर्ल्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा सम्बन्धी यो तस्बिर सार्वजनिक गरिएकाे हो।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार टाइटल स्पोन्सरको रुपमा पेट्रोनस लुब्रिकेन्ट रहेको २०१९ मोटोजीपी वर्ल्ड च्याम्पियनसिपका लागि पेट्रोनस यामाहा रेसिङ टिम तयार भएको छ।

पेट्रोनस यामाहा सेपाङ रेसिङ टिममा फ्रान्को मर्बिडेली र फाबियो क्वार्टारारो रहेका थिए। त्यसैगरी खैरुल इदाम पावीले मोटो २ क्याटागोरीमा पेट्रोनस स्प्रिन्टा रेसिङ ब्यानरमा र आयुमु सासाकी र जोन म्याकफिले मोटो ३ प्रतियोगितामा भाग लिने छन्।

पेट्रोनस लुब्रिकेन्टका अध्यक्ष दातक अहमद निजामले केही समय पहिले पेट्रोनसको लोगो र कलर सहितको यामाहाको बाइक र राइडिङ गियर सार्वजनिक गरेका थिए। यसरी प्रयोग गरिने यामाहाका बाइकमा पेट्रोनस लुब्रिकेन्ट प्रयोग गरिने छ।

सो बाइकलाई गत फोब्रेवरी ६ देखि ८ सम्म मलेसियाको सेपाङ इन्टरनेसनल सर्किटमा सम्पन्न अफिसियल मोटोजीपी टेष्टमा उपयोग गरिएको थियो। सो टिमले मोटोजीपी, मोटो २ र मोटो ३ गरी सबै क्याटागोरीका ग्रांपी मोटरसाइकल रेसिङमा प्रयोग गरिने छ।

मलेसियन सरकारको स्वामित्वमा रहेको पेट्रोनस लुब्रिकेन्ट सन् २०१२ देखि नेपाली बजारमा पनि उपलब्ध छ। नेपालमा बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले पेट्रोनस लुब्रिकेन्ट बिक्री–वितरण गरिरहेको छ। विश्व बजारमा उत्कृष्ट १० लुब्रिकेन्ट मध्ये पेट्रोनस लुब्रिकेन्ट पनि पर्छ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.