अनमोलको ‘क्याप्टेन’ हेरेपछि भुवनकै अगाडी भावुक भए शिव श्रेष्ठ, यस्तो सम्म भने

काठमाडौँ । फाल्गुण १७ गतेबाट अल नेपालमा प्रदर्शनमा आएको चलचित्र हो नायक अनमोल केसी अभिनीत “क्याप्टेन” । “क्याप्टेन” नेपालका हलहरूमा दोश्रो साता प्रसारण भइरहेको छ भने दोश्रो साता सम्म आइपुग्दा उपराष्ट्रपति नन्दबहादुर पुन, उनकी श्रीमती, नायक शिव श्रेष्ठ लगायत अरु थुप्रै कलाकार, गायक गायिकाहरू पनि चलचित्र क्याप्टेन हेर्न काठमाडौँको बिग मुभिज पुगेका थिए ।

सोमबार काठमाडौंको बिग मुभिजमा कडा सुरक्षाका बीच श्रीमतीसँग उपराष्ट्रपति नन्दबहादुर पुन चलचित्र क्याप्टेन हेर्न पुगेका थिए भने फिल्म हेरे पश्चात उनले अभिनेता अनमोल केसीको अभिनय मन परेको साथै चलचित्रको कथावस्तु बारे निकै प्रशंसा गरेका छन् ।

त्यस्तै नायक शिव श्रेष्ठले पनि फिल्मको बारेमा खुलेरै तारिफ गरेका छन् । नायक श्रेष्ठ भन्छन् फिल्म निकै राम्रो बनेको छ भने आफूले हेरेको चलचित्रमध्ये क्याप्टेन नेपाली फिल्म रहेको बताए भने अनमोल केसी सुपरस्टार रहेको समेत बताए ।

हेर्नुस् उनीसँग गरिएको भिडियो कुराकानी…

You might also like More from author

Leave A Reply

Your email address will not be published.