अर्जुन घिमिरे ‘पाँडे’को कडा स्पष्टीकरण

काठमाडौं,नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हास्य टेलिश्रृंखला ‘भद्रगोल’का फटाहा र भँडुवा पात्र ‘पाँडे’को भुमिकालाई लिएर पाण्डेहरु आक्रोशित बनेका छन् ।

आफ्नो थरको अपमान भएको भन्दै पाँडे थर भएकाहरुको संगठन ‘नेपाल पाँडे समाज’ ले कार्यक्रम उत्पादक मिडिया हबलाई पत्र पठाएको छ । उक्त पात्रको नाम र उसले देखाउने चरित्रले आफुहरुको मनमा ठेस पुगेका विज्ञप्तिमा उल्लेख छ ।

उक्त विज्ञप्तिलाई मध्यनजर गर्दै कलाकार अर्जुन घिमेरे ( पाँडे)ले स्पष्टीकरण करण दिएको छ ।

पाँडेकै भाषामा स्पष्टीकरण पढ्नुहोस ।

मलाई मिडिया हब बाट अचानक ईमेल आयो अनि मैले पढे मलाई कतै नमिठो लाग्यो तर मैले भन्नै पर्दा आजको मिति सम्म आइपुग्दा मैले पाँडेको चरित्र निर्वाह गरेको आठ बर्ष भयो तर आज आएर किन यसरी विज्ञप्ति आयो अचम्मित छु ।

पाँडेको चरित्रले कसैको चित्त दुखाएको पनि क्षमा चाहन्छु यसलाई नाट्यकिय र मनोरञ्जनको रुपमा मात्र लिन हुन अनुरोध गर्दछु । एउटा नाटकलाई यति ठूलो विज्ञप्ति निकालेर निकालेर मिडियामा छर्न आवश्यक चाहिँ थिएन खै किन निकाल्नु भयो ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.