रोनाल्डोकाे ह्याट्रिकले युभेन्टस क्वाटरफाइनलमा

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले एटलेटिको मड्रिडविरुद्धको खेलका ह्याट्रिक गरे संगै युभेन्टसले एट्लेटिको म्याड्रिडलाई अन्तिम १६ को दोस्रो लेगमा ३-० ले पराजित गरेको छ । बुधबार राति युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा समग्रमा ३-२ को जित बनाउँदै पहिलो लगेगमा २(०ले जितेको मड्रिडको रोनाल्डोको ह्याट्रिकमा पछारिएको हो ।

खेलको २७ औं मिनेटमा हेडिङ गोल मार्फत सुरुवाती अग्रता दिलाएको रोनाल्डोले खेलको ४८ औं मिनेटमा पुन हेडिङ गोल गर्दै युभेन्ट्सलाई दोब्बर अग्रता दिलाए ।

खेलको ८५ औं मिनेटमा फेडेरिको बर्नाडेस्कीमाथि डिबक्समा फाउल हुंदा युभेन्टसले पेनाल्टी पाएको थियो । सो पेनाल्टीमा रोनाल्डोले गोलकिपर जान ओब्लाकलाई विपरित दिशातर्फ पठाउंदै आफ्नो ह्याट्रिक तथा टोलीको उत्कृष्ट पुनरागमन सुनिश्चित गरेका हुन् ।योसँगै युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ भने एट्लेटिको म्याड्रिड प्रतियोगिताबाट बाहिरिएको छ ।

साल्केको पोस्टमा म्यानचेष्टर सिटीको ७ गोल

च्याम्पियन्स लिग अन्तर्गत राउण्ड १६ को दोस्रो लेगमा म्यानचेष्टर सिटीले एफ सी साल्के ०४लाई लज्जास्पद हार दिलाएको छ । बुधबार बिहान भएको खेलमा सिटीले घरेलुमैदानमा साल्केलाई ७-०ले पाराजित गर्दै समग्रमा १०-२ को जित बनाएको हो । योसँगै सिटीले क्वाटरफाइनलका लागि आफु सुरक्षित महशुस गरिसकेको छ ।

सिटीको जितका लागि भारी गोलको वर्षा सर्जियो अगुइरोले ३५ औँ मिनेटमा सुरुवाति अग्रता लिँदै ३८ औँ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोलको गरे । लेरोय सानेले ४२ औँ मिनेटमा तेस्रो गोल गर्दै पहिलो हाफमा सिटीलाई ३ गोलको अग्रता दिलाए । उता साल्केले भने गोल गर्न भन्दा खानबाट समेत जोगिन सकेन ।

दोस्रो हाफको ११ औँ मिनेट अर्थात खेलको ५६ औँ मिनेटमा राहीम स्टर्लिंगले सिटीका लागि चौँथो गोल गरे । खेलको ७१ औँ मिनेटमा बर्नार्डो सिल्भाले सिटीका लागि पाचौँ गोल गरे ।

त्यसको सातौँ मिनेटमा फेरि सिटीकै फिल फडनले सिटीका लागि सातौँ गोल गरे । सिटीको सातौँ गोलका लागि गब्रिएल जिससले ८४ औँ मिनेटमा गोल गरे । योसँगै म्यानचेष्टर क्वाटरफाइनल पक्का पक्की भएको छ ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.