विप्लव प्रतिवन्धले नेकपामा भूकम्प ! सल्लाह नगरी निर्णय गरेपछि प्रचण्ड लगायतको छुट्टै बैठक

काठमाडौँ– मंगलबार साँझ सरकारले एकाएक नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माथि प्रतिवन्ध लगाउने निर्णय गरेको बारे फरक-फरक टिप्पणी भएका छन्।

केहिले यसलाई आन्दोलन रोक्न सरकारले चालेको ठिक कदम भनेका छन् भने केहिले बेठिक र हतारोमा उठाइएको कदम भन्दै आलोचना गरेका छन्।

यस विषयमा देशको समग्र राजनीतिक शक्तिहरुले फरक-फरक धारणा व्यक्त गरिरहेका छन्। सरकारको यस कदम प्रति सत्तारुढ दल नेकपा भित्रै पनि विवाद बढेको छ।

सरकारको निर्णयसंगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि छुट्टै तरङ्ग पैदा भएको छ। नेकपाका शिर्ष नेताहरुले समेत यस निर्णय प्रति असन्तुष्टी व्यक्त गरेका छन्।

सरकारले एक हप्ताको अन्तरालमा दुई विवादित कदम चालेसंगै नेकपाका शीर्ष नेताहरुमा छलफल सुरु भएको छ । सरकारले विवादीत निर्णय गर्नथालेपछि असन्तुष्ट बनेका सचिवालयका नेताहरु र अध्यक्ष प्रचण्ड सहित बुधबार विहान खुमलटारमा बैठक बसेको एक श्रोतले बताएको छ ।

वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसंग प्रचण्डले छलफल गरेको बताइएको छ।

पार्टीमा बिना छलफल विप्लव पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको बारे छलफल गर्न तत्काल सचिवालयको बैठक बोलाउन नेताहरुले प्रचण्डलाई दबाव दिएको श्रोतले बतायो।

प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले विवादित निर्णय गर्नाले पार्टी भद्रगोल अवस्थामा पुगेको भन्दै नेताहरुले उचित पहल गर्न सुझाएका थिए।

जसलगतै प्रचण्डले प्रधानमन्त्री शर्मालै भेटेका थिए। सम्भवत बिहिबार प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्डसहित असन्तुष्ट चार नेताहरुको छलफलपछि मात्रै नेकपाले विप्लवमाथि लगाएको प्रतिवन्धबारे आधिकारीक धारणा सार्वजनिक गर्नेछ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.