सरकारलाई रेखा थापाको प्रश्न – देशद्रोही सिके राउतलाई काखा, देशभक्त ‘विप्लव’लाई पाखा किन ?

काठमाडौँ– मंगलबार सरकारले नेत्रबिक्रम चन्द (विप्लब) नेतृत्वको समूहमाथि माथि प्रतिवन्ध लगाउने निर्णय गरेसंगै यस बारे विभिन्न प्रकारका टिका-टिप्पणी शुरु भएको छ।

यस निर्णयसंगै नेपाली राजनीति जगतमा मात्र नभई सर्वसाधारण बीच पनि एक प्रकारको तरंगनै पैदा भएको छ। सरकारको यस निर्णय प्रति फरक दुई घार स्पष्ट रुपमा देखिएको छ। समयमै नियन्त्रण गर्नको लागि सरकारले उठाएको उचित कदम भन्ने एक तर्फ छन् भने सरकारले उठाएको कदमले देशमा द्वन्दको स्थिति शिर्जना भयो भन्ने अर्को तर्फ।

यसै बीच नेपालकी चर्चित नायिका रेखा थापा पनि सरकारको यस निर्णय बारे मौन बस्न सकिनन्। बुधबार यस निर्णय बारे टिप्पणी गर्दा थापाले फेसबुकमा स्ट्याटस अपडेट गरेकी छन्।

सरकारले जवर्जस्ती युद्ध थोपर्न खोजेको उनको आरोप छ। स्ट्याटस अपडेट गर्दा थापाले एक गम्भीर प्रश्नको उठान पनि गरेकी छन्। देशभक्त (विप्लब) माथी प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो? भन्दै फेसबुकमा प्रश्न गर्छिन्। उनको बुझाइमा प्रतिवन्दका विरुद्धमा प्रतिवाद हुने निश्चित छ।

फेसबुकमा उनी लेख्छिन् –

यो सरकार कसले चलाएको छ? जबरजस्ती युद्ध थोपर्न पो थाल्यो !! देशभक्त 'बिप्लब' माथी प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो? प्रतिवाद हूने निश्चित छ ।

Posted by Rekha Thapa on Tuesday, March 12, 2019

यो सरकार कसले चलाएको छ ? जवर्जस्ती युद्ध थोपर्न पो थाल्यो ! देशभक्त ‘विप्लव’माथी प्रतिवन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो ? प्रतिवाद हूने निश्चित छ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.