जब मिथुनको प्रेममा पागल थिइन् श्रीदेवी: तब आफ्नै पतिलाई बाँधीदिएकी थिइन् “राखी”

एजेन्सी – स्वर्गीय भारतीय अभिनेत्री श्रेदेवी दुई छिरीकी आमा हुन्। श्रीदेवीले बोनी कपूरसँग बिवाह गरिन् तर त्यसभन्दा पहिले यस्तो समय पनि आएको थियो, जब अभिनेता मिथुन चक्रवर्तीलाई खुसि बनाउनको लागि श्रीदेवीले बोनी कपूरलाई राखी बाँधीदिएकी थिइन्। बोनी कपुर एक फिल्म निर्माता हुन्, जो अभिनेता अनिल कपूरका दाजु पनि हुन्।

त्यो समयमा श्रीदेवी र मिथुनको अफेयरले निकै चर्चा पाउने गरेको थियो। भन्ने गरिन्छ की, उनीहरु दुईबीच प्रेम फिल्म ‘जाग उठा इंसान’ समयमा सुरु भएको थियो। त्यो समय मिथुन विवाहित रहेका थिए। केहि समाचार एजेन्सीहरुले दावी गरे अनुसार मिथुनले श्रीदेवीसँग गुपचुपमै विवाह गरेका थिए। तर, १९८८ मा यी दुई अलग भएका थिए।

एक अन्तरवार्ताको बेलामा श्रीदेवीले बोनी कपूरले दिएको एक बयानमा उनले भनेकी थिइन्, ‘मैले एक्स ब्वाईफ्रेन्ड मिथुनलाई खुसि पार्नको लागि मेरा पति बोनिलाई राखी बाँधीदिएकी थिएँ।’

मिथुनले श्रीदेवी बोनीको नजिक भएको आभास गरेपछि यस्तो गर्न श्रीदेवीलाई बाध्य परेर्का थिए। यसै कारण पनि त्यो समयमा बोनी र मिथुनबीच दुरी समेत बढेको थियो। यी दुईबीचको दुरी बढेपछि यस्तो नहोस भन्ने हेतुले श्रीदेवीले बोनी कपूरलाई राखी बाँध्नको लागि तयार भएकी थिइन्।

You might also like More from author

Leave A Reply

Your email address will not be published.