Sagun Khabar
बैतडीमा यु-१६ क्रिकेट प्रतियोगिता हुने

बैतडी- शहीद दिवसको  अवसरमा बैतडीमा क्रिकेट प्रतियोगिता हुने भएको  छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा बैतडीमा सोह्र वर्षमुनिको पुरूष क्रिकेट प्रतियोगिता हुने भएको हो । 

 क्रिकेट प्रतियोगिता यहि माघ ९ गतेदेखि सुरु हुने  बैतडी  जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

दशरथचन्द खेलमैदान सुन्दरखालीमा माघ ९ गते उद्घाटन खेलमा दशरथचन्द एकेडेमी र त्रिपुरा क्रिकेट क्लब भिड्ने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताए। प्रतियोगिताको फाइनल खेल माघ १४ गते हुनेछ ।  यो प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको  छ ।

फाइनल खेलपछि कार्यक्रमको  आयोजना गरेर प्रतियोगितामा सहभागि खेलाडीहरुलाई पुरस्कार सहित  सम्मान गरिने बैतडी जिल्ला क्रिकेट संघले  जनाएको  छ । 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update