Sagun Khabar
दशैँको मुखैमा बस र्दुघटना  १६ जनाको मृत्यु, १८ जना घाइते
स्वास्थ्य सन्देश
Atrya hospital

मुगु -  जिल्लाको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना हुँदा कम्तिमा १६ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । अप्ठ्यारो भिरालोबाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको हो । अहिले घाइतेहरुको उद्दारकार्य जारी छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको डीएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए ।

 स्रोत अन्नपुर्ण पोष्ट 

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update