Sagun Khabar
 बैतडीको डिलाशैनीमा एमालेको नयाँ नेतृत्व चयन , अध्यक्षमा राना

बैतडी- नेकपा एमालेले  बैतडीको   डिलाशैनीमा पनि नयाँ नेतृत्व चयन गरेको  छ । विहिवार  सम्पन्न एमाले  डिलाशैनी गाउँकमिटीको दोस्रो  अधिवेशनले पालिकामा नयाँ नेतृत्व चयन गरेको  हो ।

सो अधिवेशनले  अध्यक्ष पदमा गोकर्ण रानालाई  चयन गरेको छ । यस्तै  उपाध्यक्षमा बाहादुर लुहार ,सचिवमा बिर बहादुर माल,सह सचिवमा जंग बहादुर घरडी,सह सचिवमा बिमला जोशी  सर्वसम्मत चयन भएका नेकपा एमाले बैतडीका अध्यक्ष नरेश बिकले  बताए ।

नेकपा एमालेकी  पोलिटब्यूरो सदस्य तथा बैतडी  पार्टी इन्चार्ज निरु देवी पालको  प्रमुख आतिथ्यता, केन्द्रिय कमिटी सदस्य  लिलाधर भट्ट, एमाले बैतडी जिल्ला कमिटी अध्यक्ष नरेश बिक लगायत प्रदेश तथा जिल्ला कमिटीका  नेताहरूको  उपस्थितिमा  सम्पन्न गाउँ कमिटीको दोस्रो अधिवेशनले ५१ सदस्यीय कमिटी  सर्बसम्मत चयन गरेको बताइएको  छ । 

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update