बैतडी–नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत बैतडीबाट ३५ बर्षमुनिका तीन जना युवा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।
नेपाली कांग्रेसको विधान अनुसार ३५ बर्ष मुनिका तीन जना युवा निर्विरोध केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन भएका नेपाली कांग्रेस बैतडीले जनाएको छ ।
भागरथी भट्ट, दिपेन्द्र ढुङ्गाल र हरिश बोहरा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।
नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको राजनीतिमा लागेकी भट्ट पाटन बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत भइसकेकी छन् । विभिन्न संघसंस्थामा समेत सक्रिय रहेकी भट्टले लोकतान्त्रिक पार्टीमा युवाको सहभागिता बढ्दै गएको बताएकी छन् ।
पाटन नगरपालिका–४ घर भएकी उनले ३५ बर्ष मुनिको केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन पाउँदा निकै खुशी लागेको बताइन् ।
यस्तै महाधिवेशन प्रतिनिधिमा चयन भएका ढुङ्गाल लामो समयदेखि नेपाल विद्यार्थी संघमा सक्रिय रहेका छन् । नेविसंघको जिल्ला अध्यक्ष समेत भइसकेका ढुङ्गालले कांग्रेसमा युवाहरुको सहभागिता बढाउन आफू लागिपर्ने बताए ।
पुर्चौंडी नगरपालिका–९ तल्लादेही घर भएका ढुङ्गालले महाधिवेशन प्रतिनिधि हुन पाउँदा खुशी लागेको बताए ।
यस्तै महाधिवेशन प्रतिनिधिमा चयन भएका अर्का युवा हरिश बोहरा पेशाले इन्जिनियर हुन् । उनी लामो समयदेखि कांग्रेसको भातृ संस्था सिडेनमा आवद्ध रहेका थिए । दशरथचन्द नगरपालिका–१ गुरुखोला घर भएका बोहराले कांग्रेसको सक्रिय राजनीतिमा आउँदा खुसी लागेको बताए ।
कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीबाट आफूले राजनीति अगाडि बढाएको र यसमा युवाको सहभागिता बढाउन सक्रिय रहने बताए ।




