सुदूरपश्चिम सरकार पुनर्गठन: कांग्रेस सचेतक धामी नयाँ अर्थमन्त्री बन्दै, डम्मरी महरा ब्याक
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल पुनर्गठनको तयारी अन्तिम चरणमा पुगेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामीलाई नयाँ आर्थिक मामिला मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ।
दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य धामीले हाल बहादुरसिंह थापाले सम्हालिरहनुभएको अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्ने लगभग निश्चित भएको स्रोतले जनाएको छ।
यसअघि अर्थ मन्त्रालयका लागि दाबी प्रस्तुत गर्नुभएकी प्रदेशसभा सदस्य डम्मरी महरा मन्त्रीको दौडबाट बाहिरिनुभएको छ। मुख्यमन्त्रीविरुद्धको असन्तुष्टिबाट पछि हट्नुभएकी महरालाई अन्य पद वा जिम्मेवारीमार्फत व्यवस्थापन गर्ने सहमति बनेको बुझिएको छ।
उहाँ आफैँले पनि सामाजिक सञ्जालमार्फत आफू मन्त्रीको दौडमा नरहेको स्पष्ट पार्नुभएको छ।
प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३ १०:५०
प्रतिक्रिया दिनुहोस्



