बैतडी–कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बैतडीबाट १ सय ७५ जना खेलाडी छनौट भएका छन् । १ सय ८ जना पुरुष र ६७ जना महिला खेलाडी छनौट भएका जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले बताए ।
यही कार्तिक १४ गतेदेखि १९ गतेसम्म जिल्ला सदरमुकाम र पाटनमा आयोजना गरिएको छनौट प्रतियोगिताबाट खेलाडीहरु छनौट भएका उनले बताए ।
उनका अनुसार पुरुष फुटबलमा १६ जना, पुरुष र महिला भलिबलमा १२÷१२ जना , एथ्लेटिक्समा ७ पुरुष र ८ महिला खेलाडी छनौट भएका छन् ।
यस्तै पुरुष र महिला क्रिकेटमा २८ जना, महिला तथा पुरुष कबड्डीमा १२÷१२ जना, बास्केटबलमा १० जना पुरुष खेलाडी छनोट भएका छन् ।
यस्तै ब्याडमिन्टनमा ४ पुरुष र २ महिला, बुद्धिचालमा दुई पुरुष, उसुमा दुई पुरुष र एक महिला, तेक्वान्दोमा ३ पुरुष र दुई महिला, कराँतेमा ८ पुरुष र ७ महिला खेलाडी छनौट भएका छन् ।
यस्तै फुल कन्ट्याक्ट कराँतेमा ७ पुरुष र २ महिला, जुडोमा एक पुरुष, भारत्तोलनमा ३ पुरुष र २ महिला, आइटीएफ तेक्वान्दोमा ५ पुरुष र ५ महिला र सुटिङमा एक पुरुष खेलाडी छनौट भएका कार्यालय प्रमुख जोशीले बताए ।
यही कात्तिक २८ गतेदेखि मंसिर १ गतेसम्म प्रदेशस्तरीय छनौट धनगढी र महेन्द्रनगरमा सञ्चालन हुने जोशीले बताए । छनौट भएका खेलाडीहरुले प्रदेशस्तरीय छनौट प्रतियोगितामा भाग लिने उनले बताए ।




