देउवा पक्षीय कांग्रेसको डडेल्धुरामा सभापतिमा डिल्लीराज जोशी चयन
डडेल्धुरा –नेपाली कांग्रेसका निवर्तनमा सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसको संस्थापन इतर पक्षले जिल्ला नेतृत्व चयन गरेको छ । इतर पक्षको जिल्ला सभापतिमा अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी सर्वसम्मत चयन भएका छन् ।
देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत आयोजना गरेको जिल्ला अधिवेशनबाट जोशीलाई सभापतिमा चयन गरेको हो । यसअघि उनी सोही समूहको जिल्ला संयोजक थिए । अघिल्लो जिल्ला अधिवेशनमा भने उनी उपसभापतिमा निर्वाचित भएका थिए ।
डडेल्धुरामा देउवा पक्षले गत असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेको थियो । वडा, पालिका र प्रदेश निर्वाचन क्षेत्रका अधिवेशनपछि जिल्ला अधिवेशन सम्पन्न गरिएको हो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३ १७:१४
प्रतिक्रिया दिनुहोस्




