बैतडीबाट भन्सार छलीका बिँडी बरामद
बैतडी–बैतडीबाट भन्सार छलीका अवैध बिँडी बरामद गरिएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका–६ कालिबगरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी २० हजार रुपैयाँ बराबरको बिँडी शुक्रबार प्रहरीले बरामद गरेको हो ।
प्रहरी चौकी सेरा, बैतडीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेको बिँडी आवश्यक प्रक्रिया पूरा गरेर नियन्त्रणमा लिएको बताइएको छ ।
बरामद गरिएको बिँडी महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३ ०८:०३
प्रतिक्रिया दिनुहोस्




