Sagun Khabar
मेरो हुन नसकेकी उनी

सुरेश अवस्थी / बैतडी-
धेरै माया गर्थे उनलाई । जस्को मुस्कानले मेरा सारा पीरहरु एकछिनको लागी दुर गरेर मलई अलग संसारमा पुर्याउथ्यो । 
आधा विवाह गरेर बसेका हामि ..... 
केहि दिन अगाडि वाट्सएपमा म्यासेज बज्यो  काममा भएको कारण खासै वास्ता गरेन  तर एकछिनमा कस्को रैछ भनेर हेर्न मल लागीहाल्यो । 
बर्साँै देखी बजिरहेको त्यो नम्बर केहि महिना बजेको थिएन तर फेरि बजेछ । नोटिफिकेसनमै नम्बर चिनियो । मनमा झस्याङ् भयो । नबज्ने नोटिफिकेसन बजेको थियो  । 
हतार हतार हेरे कार्ड आएको थियो जासमा लेखिएको थियो ..... परिणय.... 
पहिलो कार्ड हजुरलाई ( स्फेसल फर यु ).... अर्को म्यासेज आयो । 
त्यति गम्भिरताका साथ लिएन हलुका रुपमा कंग्राचुलेशन फर्काए । मन अलि अशान्त हुन थाल्यो, धुक धुक गर्न थाल्यो, बेचैन हुन थाल्यो ...तर हैनकी भनेर पनि सोचे एकचोटी पहिला पनि यसरिनै कार्ड पठाएकी थिई तर कम्प्युटर सिक्ने बेला आफैले बनाएकी रहेछीन् । अहिले भने बिहेको निमन्त्रणा ..
केही भन्न आएन..... खोई केटा हेरु त ...... नभन्दै फोटो पठाईहाली .....
मनमा अलि क्रोध अलि संका अनि मलिन मुहार पारि सोध्न थाले केटा के गर्छ,काँ बस्छ ?.......
मेरो भन्दा तपाँईलाइ किन धेरै चासो ? बाँकि जवाफ रहेन मसंग ।  
’हजुरलार्ई बिशेष निम्तो छ,आउनुपर्छ है’ ऊ मेरो आलो घाउमा नुनचुक छर्किन चाहन्थी ।
म भने म्यासेज सिन गरेर टुलुटुलु हेरिबसे.....
मनमा अनेकन कुरा खेलाएर अफिसको काम सके साँझ रोममा पसे पस्ने बित्तिकै उसैले बनाएर पठाई दिएको मेरो तस्वीरमा आँखा पर्यो ...
आफैंमा एकैछिनमा उत्तेजना र एकैछिनमा चिच्याहट लाग्दो अवस्था पाएँ । आफूलाई नै देखेर दया लाग्यो । 
अर्को दिन केहि गर्ने जाँगर चलेन मन भरि पिडा छुपाएर सवै संग हाँस्ने बोल्ने प्रयास त गरे तर अह्ँ  धड्कनको गति भने मेरो बढ्दै गयो । मन बसमा राख्न सकेन । 
आफ्ना मन भित्रका बेदनाहरु न कसैलाई बताउन सक्थे न त बताएर नै केही हुने वाला थियो ।  
साँझको समय थियो फेसबुक चलाउदै थिए म्यासेन्जर बज्यो  ।
भान्जाको थियो फोटो पठाएको रहेछ । आफैमा अशान्त भएको यो मन त्यो फोटो सिन गरेर त आकास बाट खसेझै भयो । उहि मेरि हुन नसकेकी मित्रको इङ्गेजमेन्टको पो रहेछ । 
अचेल साथी छैन मेरो मा उस्को दाईले अनफ्रेड गर भनेको अरे ..
जिन्दगी माया प्रेम, धोका घृर्णा, मिलन बिछोड, हासो रोदन, दुःख सुःख, सफलता असफलताको घेरा भित्र फसेको याथार्थ घटना हो । साहेद यसैलाई जिन्दगी नभनिदो हो तर मेरो बुझाइमा र मैले बुझ्न सकेको जिन्दगी यति नै हो । प्रत्येक मानिसको जिन्दगीमा प्रत्येकको आफ्नै कथा ब्याथा हुन्छ । त्यसै कथा व्याथा भएको एक पागल प्रेमिको छोटो समयमा नै घटेको याथार्त प्रेम कथा । हामी मानिसको जात त्यो पनि हामी नेपालीहरुको बानि । 
आज भन्दा ५ साल अघि वैदेशिक रोजगारीको सिलसिलामा कोरिया पुगेको थिए । आफ्नो सुनौलो भविष्य खोज्न कोरिया हिडेको म प्रेममा भने घायल भएर पुगेको थिए । म प्रेममा थिए । खै कस्तो प्रेम थ्यो ? त्यो त थाहा थिएन तर अपरिपक्क उमेरमा गरेको त्यो प्रेम मेरा लागी निस्वार्थ र निसंकुच पे्रम थियो । तर मेरो समाज,मेरो घर परिवारका लागी भने त्यो प्रेम इन्टरकास्टेट थियो । घरमा कुरा चल्यो तर मेरो प्रेम स्विकार्य हुने कुरै थिएन । कि हामि कि उ ...... जसबाट पनि यहि उत्तर पाउँथे .....
अन्तिम पटक दाईले भनेको थियो तेरो दाईलाई रोज्छस कि प्रेमलाइ ? ..... सानो अनि कमलो मन भएको म के नै भन्थे र हजुरलाई...............
तर पनि हामिबिच कुराकानि चलिरह्यो । भागेर बिहे गर्ने कुरा पनि नभएका होइनन् । तर सकेन मैले उस्लाइ धोका दिए । कुनै बेला तिम्लाई जसरिपनि दुलही बनाउछु भनेर गरेका बाँचा पुरा गर्न सकेन् । सामाजिक मान्यता र घर परिवारको विपक्षमा निर्णय गर्न सकेनौँ । आपसि समजदारिमै सम्बन्धमा बिश्राम लगायौं ......
“ आफ्नो मुटु आफै देखी छुट्दा धेरै रोएँ ।
दैबले नि मेरो खुशी लुट्दा धेरै रोएँ ।। 
मन भित्र सजिएका  मिठा सपना हरु ।
चक्नाचुर भई सिसा सरी फुट्दा धेरै रोएँ ।।

सँगै जुनी काट्ने भनी खाको कसमहरु ।
बिचबाटोमा आई आज टुट्दा धेरै रोएँ ।। 
जिन्दगीले खुशी लुटी आँशु  मात्र दीई ।
एक्लो पारी आज मलाई कुट्दा धेरै रोएँ ।। 

Atrya hospital

अनायासै निर्दोस मेरो यो  जिबन मा । 
बिछोड को तुफानले  चुट्दा धेरै रोएँ ।।  
राजु चालिसे बिछोड ”  
अर्काको ठाउँमा बिछोडको पिरले छटपटिएको म आफै अनियन्त्रीत हुन थाले । न सम्झाउने थिए न त साथ दिने । १२ घण्टा कम्पनीको काम अनि बिछोडको पिरमा मदिरा .....र रात भरी रुने काम चल्यो केही महिना .... 
त्यसैमा निन्द्रा लाग्दैन थ्यो अब झन भए । रात भरि ननिदाई काम गर्न धेरै गाहे हुन्थ्यो अन्तिममा यो पिर बाट निस्कन कसैको साथ लिनै पर्छ भन्ने निस्कर्षमा पुगे र फेरि अर्कै संग प्रेम सुरु गरे ।
अबत काष्ट मिल्ने खोज्छु,घरपरिवारले स्विकार्ने खोज्छु उसै संग प्रेम गर्छु र उसै संग बिहे भनेर साथी खोज्न थाले ।  एउटा साथीको साथी रहेछ उ फेसबुकमा देखेको । साथी बाट सव्बै बुझे काष्ट नि मिल्ने रहेछ,उमेर पनि .......
बोल्न अनि बोलाउन थाले .....
सुरुमा भनेकी थिइन् म घर परिवारले जे भन्छ अनि जहाँ दिन्छ त्यही जान्छु । मेरो लवमा इन्टेस्ट छैन तर मैले मानेन । 
बिस्तारै सम्बन्ध बढ्दै गयो अनि एकआपसमा मायाप्रेम पनि साँटासाँट भयो अतीतका कुरा हरु साँटासाँट भयो बर्तमान र भविस्यका कुरा साट्दै दुइटै बिहे गर्न सहमत थीयौं । 
त्यसैबिच घरमा कुरा गर्ने सल्लाह गरे र घरमा कुरा गरे .......दिन जुराएर म कोरियामै छदा घरबाट केटि हेर्न गए ..... 
साँझ काम बाट फर्किदा त उस्को र मेरो चिना मिलेन भन्ने खबर सुने .........
दिन भरि काम गरि थाकेको शरिर अनि नेपालमा बसेकी उनलाई पाउने छुट्टै उमंग बोकेको मेरो मन एकाएक पानिका फोका जस्तै फुट्यो......
फेरि मेरो प्रेममा अर्को अड्चन आयो जसलाई मैले अवको जिवनको सहयात्री स्विकारेर ढुक्क भै बसेको थे उस्लाई पनि मेरो भगवानले टाढा बनाउन थाल्यो । तर हार मानेन घरपरिवार लाई सम्झाउदै अनि हुन नसकेकी मेरि उनलाई सम्झाउदै अगाडी बढे । र तिमिलाई जसरिपनि दुलहि बनाउछु भनि बाँचा गरे । यतिसम्मकी अनलाईन बिहेसम्म गरिसक्यौं । 
केही बर्षमा नेपाल फर्के  हाम्रो प्रेम भने निरन्तर उकालो लागीरहेको थियो । घरमा कन्भेन्स गरे यो २१औँ शताब्धीमा आएर पनि चिनाका कुरा गरेर हुन्छ त ? सायद मेरो परिवारले मलाई खुशी देख्नकै निमित्त भएपनि मेरो कुरालाई मानेर बिहे गर्ने निर्णयमा पुग्यौँ । तर उसकोमा जुठो भएको कारण १ बर्ष सम्म हामि बिहे गर्न सक्दैनथ्यौं । 
एक बर्ष बित्यो बिहेको कुरा चल्यो मङ्सिर २८ को लागी बिहे गर्ने निर्णयमा पुग्यौं । २८ न आउदै अब हाम्रो मा जुठो पर्यो फेरि क्यान्सिल ......
घरकालाई त झन चिनाका कुरा प्रष्ट्याउने मौका मिल्यो । देखिस तैले भनेर हुन्छ ? जसको भाग्यमा जे छ त्यही हुन्छ । अब चाँही त्यसलाई छोडेर अर्कोलाई बिहे गर्नुपर्छ । लगायतका कुरा गरि मलाई कनभेन्स गराउन थाले । तर त्यतीकैले कहाँ मान्थ्यो र यो मन ..अझौ बा आमा संग मेरो मायाको भिक मागे फेरि ठिक छ भन्नुभयो । 
बिहेको दिन हेरियो माघको महिना फेरि जुठो पर्यो । उनी र म बिचको माया अगाढि बढीरहेको थियोे । त्यति बेला मेरो र उनको माया बिच एउटा कालो बादलले हामी बीचको सबै माया छेकेको पत्तै भएन । यो दौडान मा मैले खाएको चोट को केहि बिश्लेशण गर्न चाहान्न ।
फोरि उहि घरकालाई आफ्नो मायाको भिक मागीहाले अझै दिनुभयो तर अँह मेरो र उनको भाग्यले हामि एक अर्कालाई स्विकारिरहेकै थिएन । अन्तिम पल्ट जेठ १४ गतेको बिहेको साइत थियो ११ गते दुईटैले संगै सपिङ् गरे १२ गतेको दिन समान सवै तयार गरि गाडिमा राखीसकेका थियौँ सवै तिर हल्ला चलिसकेको थियो बिहेको । घर बाट कसैले मेरो लेहङ्गगा,कसैले पुजाको समान नछुटाउहै केहि छिन अगाडि मम्मीले फोन गरेर भन्दै थिए पर्सि बिहे हो तिमिहरु सपिङ्मै छौ छिटो आउ ....... तर हिन्न न पाउदै खबर आयो गाउँमा त जुठो पर्यो । सवै अक्क न बक्क परे जाहाँ थिए त्यहि निर बसे ....
आँट गरे अब केहि हुनेवाला छैन भनि आफै गाडीमा गएर फिर्ता गर्न सकिने जति समानहरु फिर्ता गरिदिए....... त्यसपछि त्यो परिबन्धबाट मुक्त भएझैं गरी म फुटपाथमा आफ्ना पाइलाहरू अघि बढाएँ । एकचोटि पनि फर्किएर हेरिनँ । घर पुगेँ । कसरी,कहाँ बाट, के गरेर पुगेँ ? थाहा छैन । 
केहि दिन कैसैसंग कुरा गरेन तर मेरि हुन नसकेकि उनलाई त अल्झाई राख्नु थिएन । भागेर बिहे गरैँ भन्न थाली, तपाई आउनु टिका लागाउँ भन्न थाली ....... तर मेरो घरमा भने अब उस्लाई स्वीकार्ने कुनै अप्सन थिएन ...... 
मेरो घरमा उस्लाई जिवनभरि कैदी बनाउन मन लागेन कठोर निर्णयका बाबजुत उस्लाइ अन्तै बिहे गर्ने सल्लह दिए । फेरि उस्लाई पनि धोका दिए । 
एक अर्कालाई थप आरोपित गर्नुभन्दा आफ्नै सजिव जिन्दगीमा रमाउने चेष्टासहित हामी छुट्टियौं ।
बन्दै,मेटिँदै र पाउँदै जाने सम्बन्धको रूपरेखालाई सदृश्य राख्दै हामी एकदम नजिक भयौं । विमर्शको मैदानमा सम्बन्ध कस्तो दिर्घायु हुनुपर्छ ? भन्ने कुरा समाजलाई देखाउने होडबाजीमा हामी थियौं । तर कुन चाहिँ स्पन्दन बीचैमा टुट्यो र हाम्रो सम्भावनाको खेल पनि सिद्दियो ।
उसले धेरै अघि मलाई सोधेकी थिई ’ के मेरो अर्कैसँग बिहे भयो भने तिमी मेरो बिहेमा मलाई बधाई दिन आउँछौ?’।
’म आउदिनँ बरु त्यही दिन आर्यघाट पुगेर मुस्लो धुवाँहरू हेरी बस्नेछु।’ खुबै प्रगतिशील जवाफ दिएको थिएँ मैले । तर फेरि एकचोटि म आफैं गलत सावित भएँ।
छुट्टिएको ठिक आठ महिना पछि उनले बिहे गर्ने निधोसहित मलाई निम्तो गरिन् र म बेहुला भएर होइन निरिह भएर उनको निम्तोलाई सहर्ष स्वीकार गरे । 
’मलाई तिमीले छोडेर गयौ भने म भूतजस्तै तिम्लाई तर्साउन आउँछु है’ धेरै वर्ष अघि उनले भनेका यी शब्दहरू कान वरिपरि घुमिरहे ।
विशेष तवरले उसँग बिताएका एक एक पलहरू झल्की झल्की सजीव हुन खोजिरहे । अस्पस्ट आउँथे र लहराउन खोज्थे । सूर्यको किरणसँग मितेरी लाएर हिँड्ने मान्छे म कहाँ आएर फसें र निसास्सिएँ? प्रश्नहरु आफैंलाई सोध्न थालेँ ।
पहाडहरूसँग मितेरी लगाउने मान्छे म आफैं कसरी यति कमजोर जस्तो भएँ ? केही गर्दा पनि जवाफ आएन । खदिलो प्राप्तिको उद्देश्यमा जिउने वाचा आफैंसँग गर्न मन लाग्यो । अनि  प्रोफाइल खोलेर अन्तिम पटक उनलाई फेसबुकमा हेर्दै ब्लक गरें । फेरि खोले
म्यासेन्जरका म्यासेजहरू डिलिट गरें । फोनमा भएका उ संग सम्बन्धित सवै कुरा हटाए । उनको घर बसेको र मेरो भरोसाको आकाश खसेको दिनलाई विकासक्रमको स्वर्णिम अध्यायमा राख्ने हेतुका साथ अघि बढेँ ।
’प्रिय साथी’ सम्बोधन गरेर चिठी लेख्ने दुस्साहस गरें, यो शब्दले तिमीलाई अप्ठ्यारो लागे क्षमा गरिदिनू ! साथी तिमीलाई अचम्म लाग्ला कसरी यस्ले यति कठोर निर्णय गर्यो भनेर । सँगै बाँच्ने सँगै रमाउने ति बाँचाहरु.... कुन दिन देखी म तिमीभित्र हराउन पुगें । मिठो–मिठो सपनाहरू सजाएर कल्पनाको रंगिन दुनियाँमा असीमित खुसी र उमंगको खेती गर्न पुगेछु । कल्पिरहेको कल्पनाको फूलबारीमा रंगिबिरंगी पिरतीको फूल फुलाउन थालेछु । यथार्थदेखि धेरै टाढाको कल्पनाको क्षितिजबाट निर्लज्जा भएर माया गर्न थालेछु ! प्रेम गर्नु पाप होइन भन्ने कुराको ख्याल राखेर तिमीलाई प्रेम गर्छु प्रेम गरिरहने छु । तिमीसँग भेट हुन्न ! तिमीलाई चाहेर पनि आफ्नो बनाउन सक्दिनँ । र पनि म तिमीलाई निश्वार्थ माया गरिरहने छु !
सानो लेखको प्रयास गरेको हु। सुझाव सल्लाह र प्रतिक्रियाको अपेक्षा सहित ।

 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update