Sagun Khabar
सचेत युवा संजालको अन्तरक्रिया सम्पन्न, स्थानीय चुनावमा नेतृत्व लिन जीतेन्द्रलाई युवाहरुको आग्रह

दक्षीण कोरीया-प्रजातान्त्र दिवसको अवसरमा सचेत युवा संजाल शिवनाथले भर्चुअल कार्यक्रम गरि सम्पन्न गरेको छ । वीर सहिदहरुको बलिदानले जहानिया राणा शासनको अन्त्य गरि देशमा  ल्याएको एक क्रान्तिकारी कदमको सम्झनामा कार्यक्रम राखेको थियो । 

हरेक क्षेत्रको पहरेदारी, खबरदारी र वकालत गर्दै आएको सचेत युवा संजालले प्रमुख वक्ताको रुपमा नेपाली कांग्रेसका युवा नेता एवं  समाजसेवी जीतेन्द्र महतालाई आमन्त्रण गरेको थियो। त्यस्तै कार्यक्रम उद्घोषण पत्रकार खेम सिंह साउदले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न पेशा तथा क्षेत्रमा आबद्ध बुद्धिजीवीहरुको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। 

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बैतडी क्षेत्र न.(ख) का पूर्व सभापति एवं प्रदेश सदस्य तेज ब. चन्दले सहिदहरुको बलिदानले प्राप्त प्रजातन्त्रको स्मरण गर्दै वर्तमान परिपेक्ष्यमा देखिएको राजनीति खिचातानीले गर्दा जनताले प्रजातान्त्रको अनुभव गर्न नपाएको जिकिर गर्नुभयो। शिवनाथ केन्द्रित कार्यक्रम रहेकाले स्व. पूर्व सभापति जय सिंह महताको सम्झना  गर्दै अब शिवनाथको नेतृत्व दुरदर्शि र विज्ञ मान्छेले गर्नुपर्ने बताउदै त्यस्तो वातावरण सिर्जनाको लागि आफू लागि परेको जनाउनु भयो। 

स्वास्थ्य सन्देश
Atrya hospital

शिक्षक एवं समाज चेतक दिपेन्द्र चाडले  अब शिवनाथमा जीतेन्द्र महताको विकल्प नभएको औल्याउँनु भयो। सामजिक क्षेत्रमा गरेको पहल कदमी र शिवनाथको उज्ज्वल भविष्यको लागि अपरिहार्य अनुहार रहेकाले जीतेन्द्रले आए म लगायत तमाम युवाको तर्फबाट सक्दो सहयोग गर्न तयार रहने जनाउनु भयो । 

आमन्त्रित अतिथिको तर्फबाट बोल्दै आ.टि. अफिसरको रुपमा भोजपुर जिल्लामा कार्यरत महेश महता र पूर्व सैनिक हवल्दार समाजसेवी दिनेश साउदले अब शिवनाथमा स्वच्छ छवि भएको, समाजमा सबैलाई मिलाउन सक्ने, एजेन्डा भएको, भरपर्दो  समाजले उस्को राजनैतिक मार्ग बुझेको मान्छे चाहिएको र त्यसको लागि बच्चा देखि पाकासम्मको एकै अवाज रहेकाले अब त्यो आग्रह जितेन्द्र महताले स्वीकार गर्नुपर्ने कुरामा जोड दिनुभयो । 

शिवनाथका परिचीत अनुहार एवं बुद्धिजीवी नुवाकोटमा शिक्षा अधिकृत  शेर सिंह रावतले सम्बोधन गर्दै समग्र समाजको चौतर्फी विकासको लागि जितेन्द्र महता एक आइकन रहेको र यस्तो मान्छेलाई पार्टीले अवमूल्यन गर्न नहुने बताउनुभयो । यदि उहाँको पार्टीले अवमूल्यन गरेर अघि बढे योग्य एवं कुशल रहेकाले महताले स्वतन्त्रबाट उम्मेदवारी दिनुपर्ने र त्यसको लागि आफू भौतिक, नैतिक एवं आर्थिक सहयोग गर्न तत्पर रहेको जनाउनु भयो । यदि गाउँघरको मुहार फेर्नसक्ने मान्छे आउँछ भने आफू घर–घर गएर १ महिना जागरण अभियान चलाउन तयार रहेको  र त्यसको लागि यो पार्टी वा त्यो पार्टी गर्न नहुने कुरामा जोड दिनुभयो। 

त्यस्तै सहभागी सुरेन्द्र सिंह धामीले आफ्नो धारणा राख्दै वर्तमान शिवनाथको नेतृत्वकर्ताहरुले आमजनतामा नैराश्यता पैदा गरेको र यहीं नेतृत्वहरुलाई अब दोहो¥याए शिवनाथले ठूलो मूल्य चुकाउनु पर्ने र त्यसको भागिदार सबै हुनुपर्ने कुरामा जोड दिनुभयो। जनतामा भरिएको आक्रोसलाई अब जितेन्द्र महताको नेतृत्वले अपनत्वको आभास दिने र म लगायत तमाम युवाहरु त्यसको लागि मैदानमा होमिएर सक्दो सहयोग गर्ने घोषणा गर्नुभयो। 

नेपाली कांग्रेस जिल्ला सदस्य राजेन्द्र कलौनीले स्थानीय तहमा भ्रष्टाचार, विसंगति र कुरुतिले जरो गाडेको र यसको उन्मुलनको लागि सचेत युवा संजालले गरिरहेको खबरदारीबाट आफू प्रभावित भएको जनाउनु भयो। अब शिवनाथको भविष्य कतातिर डो¥याउने त्यो समिक्षा गर्ने दिन आइसकेको जनाउनु भयो। 

कार्यक्रमका बीच आफ्नो मन्तव्य राख्दै सुदुरपश्चिम समाजका सल्लाहकार लाल सिंह साउदले स्वर्गीय जय सिंह महतालाई स्मरण गर्दै उहाँले गरेका कार्यहरुको खुलेर प्रशंसा गर्नु हुदै त्यहीँ खुबी आफुले जितेन्द्र महतामा देखेको बताउनुभयो ।  आफु र जीतेन्द्र महता पार्टीगत रुपले फरक धारमा रहे पनि महताको सामाजिक, राजनीति, शैक्षिक र स्वास्थ्य क्षेत्रमा गरेको योगदानको प्रशंसक रहेको र शिवनाथको भलाईको लागि महताको विकल्प नभएको जिकिर गर्नुभयो। 

सुदुरपश्चिम समाज कोरियाका  बैतडी संयोजक सामाजिक व्यक्ति डबल ब. चन्दले अब शिवनाथमा  लहड र रहरले नभइ भौगोलिक, सांस्कृतिक र सामरिक वातावरण बुझेको मान्छे आउनुपर्ने र त्यस्को लागि सबै शिवनाथ बासीले अब जागरुक हुनुपर्ने भन्दै निर्विकल्प जीतेन्द्र महता आओस् भन्ने आफू लगायत तमामको  चाहना रहेको कुरा उल्लेख गर्नुभयो। 

अतिथिको तर्फबाट बोल्दै सुप समाजका पूर्व बरिष्ठ उपाध्यक्ष  दिल बहादुर मडैले आफुले कोरियामा छदा राजनीतिक र सामाजिक क्षेत्रमा हातेमालो गरेको र स्वच्छ छवि एवं समाजसेवी जीतेन्द्र महतालाई शिवनाथले पाउनु सौभाग्य रहेको जनाउनु भयो । 

कार्यक्रममा नेविसंघ नेता रमेश महता, विष्णु दत्त कलौनी,विनोद महता , जैमल साउद, सुनिल टामटाले बोल्दै अब आउने नेतृत्वले स्थानीय स्रोत साधनको यथेष्ट प्रयोग र उपभोगमा ध्यान दिनुपर्ने, हाम्रा भन्दा राम्रालाइ जिताउन लागि पर्नु पर्ने र हिजोका दिनका जनप्रतिनिधिका गतिविधिबाट त्यो सम्भाव नदेखिएकोले अब जीतेन्द्र महतालाइ मौका दिनुपर्ने कुरामा जोड दिनुभयो। आफ्नो ठाउँ आफै बनाउ भन्ने मुलभुत नारासहित क्षमतावानलाई अघि बढाउनुपर्ने कुरा समेत दोहो¥याउनु भयो। 

त्यस्तै कार्यक्रममा उपस्थिति जनाउनु भएका मोहन महता, विष्णु भट्ट, भोज सिंह खत्री, भरत महता,  गोपाल सिंह साउद, राम सिहं महता, हरिश साउद, राजेन्द्र महता, प्रेम सिंह धनाडी,हरिश सुनी,बिरेन्द्र साउद,वीर सिंह सुतार, लोकेन्द्र सिंह साउद, प्रेम महता,केशव भट्ट ,केशब चन्द लगायतका धेरै जसो स्थानीय युवाहरुले  प्रजातन्त्रको शुभकामना दिदै अबको आसन्न स्थानीय तहको चुनावमा शिवनाथमा सबैको प्रतिनिधित्व गर्दै  जीतेन्द्र महताले नेतृत्व  गर्नुपर्ने कुरामा जोड दिनुभयो।

त्यसको लागि भारतका विभिन्न शहरमा बस्ने शिवनाथ बासी निर्वाचनका बेला नेपाल आएर जनताको सेवक  जनप्रतिनिधि छान्न अपिल गर्नु भयो।

अन्तरक्रिया कार्यक्रमको अन्त्यमा बोलेर धेरैजसो प्रश्नकर्ताहरुको जवाफ दिदै प्रमुख वक्ता तथा  नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं युवा समाजसेवी जीतेन्द्र महताले प्रजातन्त्र दिवसको शुभकामना दिदै अतिथि युवाहरुबाट आएका हौसला र सकारात्मक प्रतिक्रियाको लागि सदैव आभारी रहने बताउनु भयो । 

धेरैजसो जिज्ञासुहरुको उम्मेदवारी घोषणा , घोषणा पत्र सार्वजनिक गर्नु पर्ने कुरामा प्रतिक्रिया दिदै युवा नेता महताले   पालिकाका अग्रज नेताहरुको सहयोग,सल्लाह, पार्टीको नीति अनुरुप प्रक्रियामा अगाडि बढ्ने र पार्टीको निर्णय नै अन्तिम हुने भएकाले अहिल्यै आफु खुशी उम्मेदवारी घोषणा गरि नसकेको र स्थानीय तहमा पार्टीले जिम्मेवारी दिए आम नागरिकले पत्याएको खण्डमा आफू आफ्नो बुद्धि विवेकले भ्याएसम्म सबै क्षेत्रका विज्ञहरुसंग मिलेर शिवनाथ मोडेलको परिकल्पना गरि अघि बढ्ने दृढ–संकल्प गर्नुभयो । 

अग्रजहरुका राम्रा काममा समर्थन र खराब कामा आलोचना रहने भन्दै शिक्षा, स्वास्थ्य, यातायात लगायत   हरेक क्षेत्रमा देखिएको असमानता विकृती, विसंगती,हटाइ स्थानीय तहलाई चुस्त दुरुस्त राख्न सु– शासनसहितको न्यायोचित वितरण गर्न  र चौतर्फी विकासको लागि आफू नेतृत्वमा आए कुनै कसर बांकि नराखी सेवा भावका हिसाब सक्दो लागि पर्ने गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो। उनले नेतृत्व गर्ने अवसर पाए  निमुखालाइ न्याय,विपन्नलाई आयको व्यवस्था गरि आफूले पाउने सेवा सुविधामा कार्यालय र व्यक्तिका   फजुल खर्च कटौती गरि   जयसिंह महता स्मृति प्रतिष्ठान मार्फत सहाय, दीन दुःखी, अशक्त, पिछडिएका, विपन्न व्यक्तिहरुलाई सहयोग गर्ने बताउनु भयो ।

सम्बोधनका क्रममा कन्यादान र मतदान एकै किसिमका दान भएकाले पैसा वा लालचमा कसैले पनि अमूल्य मत बेच्नु नहुने कुरामा जोड दिदै जसरी कन्यादानका लागि राम्रो वरको खोजी हुन्छ त्यसरी नै मतदानका लागू सुयोग्य उम्मेदवारको छनौट गर्न युवाहरुले ठाउँ ठाउँमा  पारदर्शी बहस चलाएर सबै मतदातालाई  बुझाउन अपिल गर्नु भयो।
 

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update