Sagun Khabar
माछापुच्छ्रे बैँकको एटीएम तोडफोड गरेको अभियोगमा दुई जना पक्राउ

माछापुच्छ्रे बैँकको एटीएम मेसिन तोडफोडको अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकमा रहेको माछापुच्छ्रे बैँकको एटीएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका–१ घर भई बुढानिलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटीएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई हिजो पक्राउ गरिएको जानकारी दिनुभयो । 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update