Sagun Khabar
टिकटक प्रतियोगितामा बैतडीका जेआर प्रथम 

बैतडी –दार्चुलाको अपिहिमाल गाउँपालिकाले आयोजना गरेको टिकटक प्रतियोगितामा बैतडीका जनकराज (जेआर) भट्ट प्रथम भएका छन् । गाउँपालिकाले पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले सञ्चालन गरेको टिकटक प्रतियोगितामा जेआर भट्ट प्रथम भएका हुन । 

जेआर सामाजिक सञ्जाल टिकटक लगायत देउडा गायनमा समेत सक्रिय रहेका छन् । डोटेली भाषामा टिकटक बनाउने गरेका जेआरले पछिल्लो समयमा देउडा गीत समेत निकाल्ने गरेका छन् । सामाजिक सञ्जाल टिकटकमा उनले डोटेली भाषामा बनाएका टिकटक निकै लोकप्रिय छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

टिकटक प्रतियोगितामा रञ्जना लोथ्याल द्वितीय भएकी छन् भने अन्य ५ जनाले सान्त्वना स्थानमा प्राप्त गरेका छन् । सान्त्वना स्थान प्राप्त गर्नेमा लखन बोहरा, रविना ठेकरे, रामा बोहरा, पशुपति कार्की र उद्धवसिंह धामी रहेका छन् ।

टिकटक प्रतियोगिताका विजेताहरुलाई विश्व पर्यटन दिवस तथा अपिहिमाल भ्रमण वर्ष २०८० को उद्घाटन समारोहमा पुरस्कृत गरिने अपि हिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिए ।

गाउँपालिकाले पर्यटन प्रवर्द्धन क्षेत्रमा सामाजिक सञ्जालको उपदेयतालाई मध्यनजर गर्दै अपिहिमाल गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार गर्न टिकटकको प्रतियोगिताको आयोजना गरेको थियो ।सहभागीहरूलाई लाइक,भ्युज र समेटिएका विषयवस्तुका आधारमा छनौट गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु १० हजार द्वितीय हुनेलाई ७ हजार र सान्त्वना स्थान प्राप्त गरेकालाई ५ जनालाई ३ हजार रुपैयाँका दरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बोहराले बताए ।

टिकटक भिडियोमा असोज १ देखि ७  गते दिउँसो १२ बजेसम्म प्राप्त भ्यूज,लाइक र सेयर बाफत ४० प्रतिशत र विषयवस्तुको गहनता, प्रस्तुतीकरण आदिका आधारमा ६० प्रतिशत भार विनियोजन गरी मुल्याकंन गरिएको हो ।
 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update