Sagun Khabar
भारतीय अर्बपतिको लिस्टमा शाहरुख खान सम्पत्ति १० हजार करोड,घरमात्रै ३ सय करोडको  

बलिउड अभिनेता शाहरुख खान भारतका अर्बपतिहरूको सूचीमा समेटिएका छन् । ‘हुरुन इन्डिया रिच लिस्ट, २०२६’ का अनुसार खान करिब १० हजार करोड भारतीय रुपैयाँ बराबरको सम्पतिसहित अर्बपतिको सूचीमा पर्न सफल भएका हुन् ।

उक्त रिच लिस्टमा उल्लेख भए अनुसार खानको ३ सय करोड भारतीय रुपैयाँ मूल्य बराबरको आलिसान घरसमेत रहेको छ । यसका साथै, खानसँग महँगा तथा विलासी गाडीहरूको ठूलो सङ्ग्रह रहेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार उनी अमेरिकी एसयूभी ’क्याडिल्याक एस्केलेड’ र महँगो ’रोल्स रोयस कुलिनन ब्ल्याक ब्याज’ जस्ता गाडीका मालिक हुन् ।

अभिनेता खानको आम्दानीको मुख्य स्रोत चलचित्र निर्माण तथा अभिनय हो । चलचित्रबाहेक उनले विभिन्न विज्ञापनहरू तथा इन्डियन प्रिमियर लिग (आईपीएल) को टोलीमार्फत समेत मोटो रकम आम्दानी गर्दै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update