साउदी अरबको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो आक्रमण भएको छ ।
साउदीको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) ले आज बिहान निकालेको विज्ञप्तिअनुसार हिजो बेलुका किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको हो ।
आक्रमणबाट १२ जनाको मृत्यु भएको र कम्तिमा ३०० जना घाइते भएका छन् । आक्रमणबाट ४ जना साउदीका नागरिक तथा अरु २ बङ्गलादेशी ८ विदेशी नागरिकको ज्यान गएको साउदी अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ ।
आक्रमणमा हुथी विद्रोही समूहको संलग्नता रहेको आशंका गरिएको छ । तर उसले अहिलेसम्म आक्रमणको जिम्मा लिएको छैन । बितेका २० दिनमा रियाद विमानस्थलमा हिजो चौथोपटक आक्रमण भएको हो ।
इरान–समर्थित हुथी समूहले साउदी हवाई क्षेत्र प्रयोग नगर्न उड्डयन कम्पनीहरूलाई चेतावनी दिदै आएको छ । पछिल्लो आक्रमणबाट घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । मानवियसहित भौतिक संरचना पनि क्षति भएको छ ।




