Sagun Khabar
क्यानडासँगको शृङ्खलामा नेपालको क्लिन स्वीप, अनिल साह र भीम सार्कीको शतक

काठमाण्डौ – अनिल साह र भीम सार्कीको शतक मद्दतमा क्यानडासँगको तेस्रो एकदिवसीय क्रिकेट पनि नेपालले जितेको छ । आजको खेल ९ विकेटले जितेसँगै तीन खेलको शृङ्खला नेपालले क्लिन स्वीप गरेको छ । आज क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४४ ओभर ३ बलमा जम्मा एक विकेट गुमाएर भेटायो । 

नेपालका अनिल साह र भीम सार्कीले शतक बनाए । दुवै खेलाडीको यो पहिलो शतक हो । अनिल साहले आफ्नो दोस्रो खेलमै शतक प्रहार गरेका हुन् । अनिल १ सय १२ रनमा नटआउट रहे । यस्तै, भीम १ सय १ रनमा नटआउट रहे । अनिलले दोस्रो खेलमा पनि अर्धशतक बनाएका थिए । एउटै खेलमा नेपालका दुई जना खेलाडीले शतक बनाएको यो पहिलो पटक हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ८ विकेट गुमाएर २ सय ३२ रन बनायो। उसका नभ्नीत धलिवालले ५०, निखिल दत्तले ४५ र साद बिन जफरले ३१ रन बनाए । बलिङतर्फ नेपालका हेमन्त धामीले ३ विकेट लिए । हेमन्तले आज मात्रै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन् ।

यस्तै, कुशल मल्लले २ तथा ललित राजवंशी र आकास चन्दले एक एक विकेट लिए  । तीन खेलको शृङ्खला नेपालले यसअघि नै जितिसकेको छ । यो शृङ्खला लगत्तै नेपालले नामिबिया र नेदरल्याण्ड्स सम्मिलत त्रिकोणात्मक लिग टु शृङ्खला खेल्नेछ । यो खेल यही फागुन ३ देखि १३ गतेसम्म कीर्तिपुरमा हुनेछ । नेपालले फागुन ३ र ७ गते नामिबिया तथा फागुन ५ र १३ गते नेदरल्याण्ड्ससँग खेल्नेछ ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update