भीम रावलको चुनावी खर्च १२ लाख
अछाम –नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का नेता भीम रावलले प्रतिनिधि सभा निर्वाचनमा झण्डै १२ लाख खर्च गरेका छन् ।
सोमबार जिल्ला निर्वाचन कार्यालय अछाममा उनले बुझाएको चुनावी खर्च विवरणमा विभिन्न शीर्षकमा ११ लाख ९९ हजार ६२७ रुपैयाँ खर्च गरिएको उल्लेख छ । गत बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका उनी पराजित भएका थिए । उक्त क्षेत्रबाट नेपाली कांग्रेसका भरतबहादुर स्वाँर विजयी भएका थिए ।
प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२ ११:५१
प्रतिक्रिया दिनुहोस्




