अछाम – अछाममा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
अछामको कमलबजार नगरपालिका–७ क्वालेख स्थित भित्री कच्ची सडक खण्डमा मंगलसेनबाट क्वालेख तर्फ जादै गरेको से १ ज ६१३ नम्बरको जीप सडकबाट अन्दाजी २०० मिटर तल खस्न गई दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका कमलबजार नगरपालिका–७ का ३४ बर्षीय कर्ण भाटको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिपमा सवार सोही ठाउँ बस्ने ३० बर्षीय बद्री भाट र १३ बर्षीय मिनबहादुर भाट घाइते भएका छन् । उनीहरु दुवै जनालाई थप उपचारका लागि सुर्खेत रेफर गरिएको छ ।
जिप चालक अछामको तुर्माखाँद गाउँपालिका ३ बस्ने २६ बर्षीय पुष्प बुढालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । गाडीमा चालकसहित ४ जना सवार रहेका थिए ।





