Sagun Khabar
उच्च रक्तश्रावका कारण अछाममा एक गर्भवती महिलाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम -अछाममा उच्च रक्तस्रावका कारण गर्भवती महिलाको ज्यान गएको छ । अछामको तुर्माखाँद गाउँपालिका–१ रहफकी पूर्णकला विकको उच्च रक्तस्रावका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । बिहीवार राति ८ बजे प्रसव पीडा भएपछि रहफ स्वास्थ्य चौकी लगिए पनि विकको हिजो बिहान ५ बजे ज्यान गएको स्वास्थ्य चौकीकी अनमी गीता लम्सालले जानकारी दिइन् ।

 घरमा व्यथा लागेपछि विकलाई स्वास्थ्यचौकी लगिएको थियो । उहाँको रक्तस्रावका कारण बच्चा जन्माउन नसक्दा ज्यान गएको स्वास्थ्य चौकी रहफले जनाएको छ । भौगोलिक विकटताका कारण समयमै अस्पताल पुर्याउन नसक्दा उहाँको ज्यान गएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिए ।

यसअघि गम्भीर समस्या भए लगत्तै गर्भवती महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरमार्फत उद्धार गरिँदै आएको भए पनि समयमै जानकारी नभएकाले विकलाई बचाउन नसकिएको मल्लले बताए । 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update