Sagun Khabar
सुदूरपश्चिमका निजामती र स्थानीय तहका कर्मचारीको नयाँ तलबमान, ग्रेड र १० प्रतिशत प्रोत्साहन भत्ता कायम

बैतडी — सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश निजामती सेवा तथा स्थानीय सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूका लागि नयाँ तलबमान, ग्रेड र प्रोत्साहन भत्ता स्वीकृत गरेको छ ।  

आर्थिक मामिला मन्त्रालय, धनगढीले जारी गरेको पत्र अनुसार मन्त्रिपरिषद्को यही असोज २८ गतेको बैठकले गत साउन १ गतेदेखि नै लागू हुने गरी यो निर्णय गरेको हो ।  निर्णय अनुसार प्रदेश निजामती सेवा र प्रदेशभित्रका ८८ वटै स्थानीय तहका स्वीकृत दरबन्दीमा कार्यरत कर्मचारीहरूले नयाँ तलबमान प्राप्त गर्नेछन् । 

यसका साथै उनीहरूका लागि एक दिनको तलब बराबरको ग्रेड रकम र तलब वृद्धि पश्चातको सुरु तलबमानको १० प्रतिशत रकम मासिक प्रोत्साहन भत्ताबापत कायम गरिएको छ ।  

मन्त्रालयका वरिष्ठ राजस्व अधिकृत कमला शाहीद्वारा जारी पत्रमार्फत प्रदेशका सम्पूर्ण मन्त्रालय, आयोग, सचिवालयरकार्यालय तथा स्थानीय तहहरूलाई निर्णय कार्यान्वयनका लागि जानकारी गराइएको छ ।  

Talb-Bibaran-1792040558.jpeg
 

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update