Sagun Khabar
अछाममा जन्ती बोकेको जिप दुर्घटना, चार जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाममा जन्ती बोकेको बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको पन्चदेवल विनायक नगरपालिका –१ कुईकामा से १ च १७६३ नम्बरको बोलेरो जिप गएराती दुर्घटनामा परेको हो । 

दुर्घटनामा परी पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर २ का १४ वर्षीय जीवन न्यौपाने, सोही वडाका १८ वर्षीय सर्प बोहरा र वडा नम्बर ३ का १७ वर्षीय जीवन जैसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । यस्तै पञ्चदेवल विनायक नगरपालिका वडा नं २ का १७ बर्षीय हिमाल नेपालीको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा ज्यान गएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी १६ जना घाइते भएका छन् । उनीहरुमध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भईरहेको छ भने २ जनालाई नेपालगन्ज लगिएको प्रहरीले बताएको छ । जिप सडकबाट तीन सय मिटर तल खसेको जनाइएको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update