Sagun Khabar
अछाममा कांग्रेसका क्षेत्रीय प्रतिनिधि मृत फेला, हत्या भएको भन्दै आन्दोलन 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाममा १४ दिनदेखि बेपत्ता युवक मृत भेटिएपछि स्थानीय आन्दोलित भएका छन् ।  जिल्लाको कमलबजार नगरपालिका वडा नं ५ कुइका घर भएका ३४ वर्षीय रेशमराज तिमिल्सेना आज मृत अवस्थामा भेटिएका हुन् ।

कार्तिक २ गते गैरिटाँडबाट बेपत्ता भएका उनी गैरिटाँड नजिकै बाँसको झाडीमा मृत फेला परेका थिए । उनी मृत भेटिएपछि आफन्त र स्थानीयले हत्या भएको भन्दै अनुसन्धानको माग गरेका छन् । उनीहरुले गैरिटाँड बजार बन्द गरेका छन् भने बाटोमा चक्का जाम गरेका छन् ।

मृतक तिमिल्सेना नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधी थिए । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update