Sagun Khabar
अछामका आठ स्थानीय तहमा एमालेको नयाँ नेतृत्व चयन 

अछाम–अछामका १० स्थानीय तहमध्ये आठमा एमालेले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । साँफेबगर, मंगलसैन र कमलबजार नगरपालिका तथा बान्नीगढी जयगढ गाउँपालिका, चौरपाटी, मेल्लेख, ढकारी र तुर्माखाँद गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । 

तर, पञ्चदेवल विनायक नगरपालिका र रामारोशन गाउँपालिकामा भने नेतृत्व चयन गर्न बाँकी रहेको छ । मंगलसैनमा बीर्ख बोगटीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन भएको छ । साँफेबगरमा ललित कुँवरको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन गरिएको छ । कमलबजारमा खेमराज जोशीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन भएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

तुर्माखाँदमा गौमती शाहीको अध्यक्षतामा ७५ सदस्यीय गाउँ कमिटी चयन भएको छ । चौरपाटीमा झंकर साउँदको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ । 

यस्तै बान्नीगढीमा हर्कबहादुर साउँदको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी चयन भएको छ । मेल्लेखमा केशर साउँदको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी चयन भएको छ । 

पञ्चदेवल विनायक नगरपालिकामा २१ गते पालिका अधिवेशन हुने एमालेले जनाएको छ । रामारोशन गाउँपालिकामा बन्द सत्र २० गतेका लागि सारिएको एमाले अछामले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update