Sagun Khabar
अछाममा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाममा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा जिल्लाको रामारोशन गाउँपालिका–७ की २२ वर्षीय निर्मला भण्डारी रहेको वडा अध्यक्ष खडकबहादुर भण्डारीले बताए ।

बिहीबार बिहान सुतारको छेडढुंगामा घाँस काट्न जाने क्रममा भालुले आक्रमण गरी भण्डारीलाई गम्भीर घाइते बनाएको उनले बताए । घाइते महिलाको बयलपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update