Sagun Khabar
अछाम बस दुर्घटना : मृतकको पहिचान खुल्यो, २६ जना घाइते (अपडेट)
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –मंगलबार अपरान्ह अछाममा भएको बस दुर्घटना परी मृत्यु भएकाहरुको पहिचान खुलेको छ । मृत्यु हुनेमा अछामको मंगलसैन नगरपालिका–१४ का ५७ वर्षीय टंकबहादुर भण्डारी र मंगलसैन नगरपालिका–१ का २१ वर्षीय एकेन्द्र थापा रहेका सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए । 

अछामबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस मंगलसैनकै डाँडाबाघ भन्ने स्थानमा दुर्घटनामा परेको थियो । बस सडकभन्दा १० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा सवार अन्य २६ जना घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ ।

घाइतेको स्थानीय अस्पतलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update