Sagun Khabar
अछाममा ५ दिनदेखि बेपत्ता युवती मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाममा पाँच दिनदेखि बेपत्ता भएकी युवती मृत फेला परेकी छन् । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमडाकी १६ वर्षीया सुजना भण्डारी मृत फेला परेकी हुन् ।

उनी मंसिर २१ गतेदेखि बेपत्ता भएकी अछाम प्रहरीले जनाएको छ । भण्डारी मृत फेला परेको ठाउँतिर प्रहरीको टोली खटिएको जनाइएको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update