Sagun Khabar
अछाममा किशोरी हत्या आरोपमा चार जना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –शनिबार अछाममा मृत फेला परेकी किशोरीको हत्या भएको आशंका गरिएको छ । उनको हत्या गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । परिवारले दिएको किटानी जाहेरीको आधारमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

अछामको मंगलसैन नगरपालिका वडा नम्बर ११ खिमडाकी १६ वर्षीया सृजना भण्डारी शनिबार मृत अवस्थामा फेला परेकी थिइन् । उनी मंसिर २१ गतेदेखि बेपत्ता रहेकी थिइन् । 

आफन्तजनले दिएको किटानी जाहेरीको आधारमा ४ जनालाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update