Sagun Khabar
अछामका पत्रकार एलबी विश्वकर्माको निधन 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाम घर भइ काठमाडौंमा पत्रकारिता गर्दै आएका पत्रकार एलबी विश्वकर्माको मृत्यु भएको छ । बुधबार राति ३ बजे अचानक मुटुमा समस्या देखिएर उपचारका लागि पाटन अस्पताल लैजाँदा डाक्टरले उनलाई मृत घोषणा गरेको उनका भाई ललित टमाटाले जानकारी दिए । 

पत्रकार तथा युवा लेखक विश्वकर्माको एन्टिजेन परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको बताइएको छ । उनी टीभी टुडे टेलिभिजनमा कार्यरत रहेका थिए । 

क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माले जातीय विभेदका विषयमा लेख्ने गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update