Sagun Khabar
अछाममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मंगलसेनबाट साफेबगर जाने क्रममा कैलाशखोला नजिक ओलिगाउ जाने सडकमा मोटरसाइकल दुर्घटनामा परेको हो । 

से ६ प १८९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नेरा मावि ओलिगाउका लेखापाल माधव शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । 

४० वर्षीय शर्माले चलाएको मोटरसाइकल सडकबाट करिब ६८ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । दुर्घटना बिहीबार भएको हो । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update