Sagun Khabar
बैतडीमा उपमेयर कप क्रिकेट : आज सेमीफाइनलका खेल हुँदै 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंमा जारी उपमेयर कप महिला क्रिकेट प्रतियोगितामा आज सेमीफाइनलका खेल हुँदैछन् । 

पहिलो सेमीफाइनलमा दनपा २ र दनपा ९ भिड्नेछन् भने दोश्रो सेमीफाइनलमा दनपा ६ र दनपा ८ भिड्ने प्रशिक्षक दिपेन्द्र बोहराले बताए । 

यही चैत ५ गतेबाट शुरु भएको क्रिकेट प्रतियोगिताको फाइनल भोली हुनेछ । भोलि सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद ४५ हजार सहित ट्रफी,प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने प्रशिक्षक बोहराले बताए ।  

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update