Sagun Khabar
अछाममा माटो खन्ने क्रममा पुरिएर एक महिलाको मृत्यु 

अछाम –अछाममा माटो खन्ने क्रममा पुरिएर एक महिलाको मृत्यु भएको छ ।  जिल्लाको मंगलसेन नगरपालिका–७ जैशीगाँउकी २६ वर्षीया धनसरा जैशीको माटोमा पुरिएर मृत्यु भएको हो । 

घर लिपपोत गर्न माटो खन्ने क्रममा खाडलमा पुरिएर जैशीको मृत्यु भएको स्थानीय विष्णुबहादुर खड्काले बताए । यस्तै माटो खन्ने क्रममा च्यापिएर सोही ठाउँकी १४ बर्षीया चन्द्रा जैशी गम्भीर घाइते भएकी उनले बताए । उनको जिल्ला अस्पताल मंगलसेनमा उपचार भईरहेको छ । 

उनीहरु जाल्पादेवी सामुदायिक वन क्षेत्रमा माटो खन्न गएका बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update