Sagun Khabar
अछाममा एक सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार

 अछाम –अछाममा एक सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको रामारोशन गाउँपालिका ४ बाटुलासैन छडेनाका अम्बकला विकको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

स्थानीय बाटुलासैन स्वास्थ्यचौकीमा छोरी जन्माएकी विकको अत्यधिक रक्तश्राव भएपछि स्वास्थ्यमा जटीलता आएको थियो । त्यसपछि उनलाई जिल्ला प्रशासन कार्यालयको समन्वयमा हेलिकोप्टर मार्फत सुर्खेत पठाइएको एमालेकी नेतृ धर्मिन्द्रा शाहीले बताइन् । 

स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय एवम् महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा विकको उद्धार गरी सुर्खेत पठाइएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update