Sagun Khabar
अछाममा लडेर एकजनाको मृत्यु

अछाम- अछाममा लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको ढकारी गाँउपालिका–५ का ३५ वर्षीय जिते बुढाको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ। ढकारी गाँउपालिकाको राक्सीखान भन्ने ठाँउबाट घर जानेक्रममा बाटोबाट १३ मिटर तल खसेर बुढा गम्भीर घाइते भएका थिए।

टाउकोमा चोट लागेका उनलाई उपचारका लागि जिल्ला अस्पताल अछाम लगिएको थियो।उपचारको क्रममा उनको अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

स्वास्थ्य सन्देश
Atrya hospital

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update