Sagun Khabar
अछाम साँफेबगरको मेयरमा कांग्रेस र उपप्रमुखमा समाजवादी विजयी 

अछाम –अछामको साँफेबगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजेन्द्रबहादुर कुँवर विजयी भएका छन् । उनले ७ हजार २६५ मत ल्याए ।  उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पशुपति कुँवरले ५ हजार ३९ मत ल्याइन् । 

यस्तै उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका शिवबहादुर कुँवर विजयी भएका छन् ।  उनले ६ हजार ४३४ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रंग ठकुल्लाले ५ हजार ३१४ मत प्रात गरेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै वडा नम्बर एकको अध्यक्षमा स्वतन्त्र उम्मेदवार नन्दसिंह ठकुल्ला र वडा ६ मा पनि स्वतन्त्रकै मिनबहादुर बोहरा विजयी भएका छन् । वडा २ मा कांग्रेसका सेतबहादुर कुँवर, वडा ३ मा कुलबहादुर कुँवर, वडा ४ मा नवराज बुढा, वडा ५ मा मक्र कुँवर विजयी भएका छन् । 

वडा ७ मा कांग्रेसका हिक्मत कडायत, वडा ८ मा कालुसिंह कुँवर, वडा ९ मा एकीकृत समाजवादीका दिपक कुँवर, १० मा एमालेका ललित बोगटी, ११ मा एमालेका रामबहादुर बोहरा, १२ मा कांग्रेसका जनक कडायत, १३ मा नेकपा एमालेका रुपबहादुर कुँवर र १४ मा कांग्रेसका सन्जु साउँद अध्यक्षमा विजयी भएका छन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update