Sagun Khabar
जिसस अछामको प्रमुखका लागि कांग्रेसबाट कुँवर उम्मेदवार 

अछाम –जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसले ललित कुँवरलाई उम्मेदवार बनाएको छ । कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर र प्रदेश महामन्त्री मेघराज खड्काले जिल्लाबाट सिफारिस भएका कुँवरलाई जिसस प्रमुखकको उम्मेदवार बनाउने निर्णय ष्रेका हुन् । यस्तै कांग्रेसबाटै जिल्ला समन्वय समितिको उपप्रमुखमा दानमती बम शाही उम्मेदवार बनकी छन् । 

अछाममा कांग्रेसको जिल्ला समन्वय समिति एकल बन्न सक्ने अवस्था छ । १० स्थानीय तह रहेको अछाममा कांग्रेस एक्लैको ११ मत छ । यस कारण पनि जिल्ला समन्वय समितिको प्रमुख–उपप्रमुख कांग्रेसकै बन्ने पक्का छ । कांग्रेसले अछाममा सात पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख जितेको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update