Sagun Khabar
अछाममा पाँच दिनदेखि बेपत्ता किशोर मृत भेटिए 

अछाम –अछाममा एक किशोर मृत अवस्थामा भेटिएका छन् । शनिबार बिहान साढे १० बजे पञ्चदेवल विनायक नगरपालिका–४ तल्लो कुच्चीस्थित भिरमा १७ वर्षीय विनोद शाही मृत अवस्थामा भेटिएका हुन् । 

पाँच दिनदेखि हराइरहेका विनोदको  शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उनी नेकपा एमालेका कार्यकर्ता समेत रहेको बताइएको छ । उनको शव फेला परेपछि अहिले नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भइरहेको प्रहरीले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

एमाले कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्ताले शाहीको हत्या गरेको आरोप लगाएका छन् । कार्यकर्ताहरूबीच विवाद भएर आक्रोशित भिडले प्रहरीलाई घटनास्थलमा पुग्न दिएको छैन । 

पार्टीका कार्यकर्ताहरूबीच वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको दिनदेखि नै लफडा सुरू भएको प्रहरीको भनाइ छ । किशोरको शव फेला परेपछि विवादले झन् उग्र रुप लिएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update