Sagun Khabar
अछाममा किशोर मृत फेला परेपछि तनाव, प्रहरीको गाडी र कार्यालयमा तोडफोड 

अछाम –अछामको पंचदेवल विनायक नगरपालिका–४ मा १७ वर्षीय विनोद शाही मृत फेला परेपछि तनाव उत्पन्न भएको छ । जेठ १७ गते बेपत्ता भएका शाही शनिबार बिहान मृत फेला परेपछि तनाव उत्पन्न भएको हो । 

स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएपछि शाही बेपत्ता भएका थिए । आज शाही मृत फेला परेपछि तनाव उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई हत्या आरोप लगाएपछि विनायक क्षेत्रमा तनावग्रस्त अवस्था सिर्जना भएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए । प्रहरीको गाडी र इलाका प्रहरी कार्यालयमा समेत तोडफोड भएको उनले बताए । 

Atrya hospital

प्रदर्शनकारीहरुले सडकमा टायर बाल्दै नाराबाजी समेत गर्न थालेका छन् । 
 

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update