Sagun Khabar
अछाममा किशोर मृत्यु प्रकरण : तालिम प्राप्त कुकुर सहित सिआइबीको टोली खटियो 

अछाम –अछाममा किशोर मृत्यु प्रकरणमा विवाद बढेपछि प्रदेश प्रहरी कार्यालयले डिएसपी मनोहर भट्टको नेतृत्वमा सीआइबी टोली खटाएको छ । शनिबार डिएसपी भट्टको नेतृत्वमा ६ जनाको टोली अछाम खटाइएको  डिआईजी मोहन आचार्यले बताए । तालिम प्राप्त कुकुर सहितको टोली अछाममा खटिएको उनले बताए । 

यस्तै शनिबार नै जिल्ला प्रहरी कार्यालय बाजुराबाट इन्स्पेक्टर सन्दीप शाह नेतृत्वको कमाण्डमा २५ जनाको टोली र जिल्ला प्रहरी कार्यालय डोटीबाट असई रामबहादुर चौधरीको कमाण्डमा २५ जनाको थप टीम घटनास्थलमा परिचालन गरिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

१० कक्षामा अध्ययनरत पञ्चदेवल विनायक नगरपालिका–४ बस्ने बलबहादुर शाहीका १७ वर्षीय छोरा विनोदबहादुर शाही शनिबार बिहान मृत भेटिएका थिए । उनी पञ्चदेवल विनायक–४ कै कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा मृत फेला परेका थिए । 

केही दिनअघि पनि कालिकास्थनमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो। एमालेले कांग्रेस कार्यकर्तालाई हत्याको आरोप लगाएपछि अवस्था असहज बन्दै गएको स्थानीयले बताएका छन् । किशोरको हत्या भएको आशंका गरिएको छ । स्थिति तनावग्रस्त बनेपछि बिदामा काठमाडौं गएका अछामका डीएसपी रविराज थपलिया पनि जिल्ला फर्केका छन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update