Sagun Khabar
अछाममा किशोर मृत फेला प्रकरण  : स्थानीय आन्दोलित, अझै शव उठेन  

अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा १७ वर्षीय किशोर विनोद शाही मृत फेला परेको ३ दिनसम्म पनि शव उठेको छैन । मृतक शाहीको कांग्रेस कार्यकर्ताले हत्या गरेको एमाले कार्यकताले आरोप लगाएका छन् । शाहीको शव फेला परेकै दिनदेखि स्थानीयबासी आन्दोलित भएका छन् । 

कांग्रेसका कार्यकर्ताले हत्या गरेको आरोप लगाउँदै नाराबाजी भईरहेको छ । घटनाका बिषयमा पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले विज्ञप्ती निकालेर घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेकी छन् । अपराधीलाई जुनसुकै हालतमा पनि कारवाही हुने भन्दै उनले घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेकी हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

चुनावको विषयलाई लिएर कालिकास्थानमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरूबीच भएको झडपपछि उनी बेपत्ता भएको बताइएको छ । 

उक्त घटनाको अनुसन्धानका लागि अहिले सिआइबी र कुकुरको टोली खटिएको  छ । प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले घटनाको अनुसन्धान गरिरहेको बताएका छन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update