Sagun Khabar
अछाममा किशोर मृत्यु प्रकरण : नगर प्रमुख र डिएसपीको पुत्ला दहन 

अछाम –अछामको पंचदेवल विनायक नगरपालिकामा १६ वर्षीय किशोर मृत अवस्थामा भेटिएसँगै विनायक क्षेत्र तनावग्रस्त बनेको छ । आन्दोलित आफन्तहरूले सोमवार विनायक बजारमा नगर प्रमुख अम्बिका चलाउने, अछामका प्रहरी प्रमुख रविराज थपलिया र निवर्तमान वडा अध्यक्ष सज्जनबहादुर शाहीको पुतला दहन गरेका छन् । 

किशोरको हत्यामा संलग्न रहेको भन्दै नगर प्रमुख चलाउने, निवर्तमान वडा अध्यक्ष सज्जन शाही र अपराध निम्त्याउन भूमिका खेलेको भन्दै प्रहरी प्रमुख थपलियाको पुतला दहन गरेका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

नेपाली कांग्रेस समर्थकहरूले उनको हत्या गरेको भन्दै शनिवारदेखि आन्दोलन गर्दै आएका किशोरका आफन्तले मध्य पहाडी लोक मार्गमा चक्काजाम समेत कायम राखेका छन् । 

मन्दिर माध्यामिक विद्यालय विनायकमा कक्षा १० मा अध्ययनरत किशोरको मृत्युको विषयलाई लिएर विनायकमा विद्यार्थीहरुले समेत प्रदर्शन गरेका छन् । 

नगरपालिकाको वडा नम्बर ४ कालिका स्थानका १६ वर्षीय विनोद शाही मृत अवस्थामा भेटिएपछि विनायक क्षेत्र शनिवारदेखि तनावग्रस्त बनेको छ ।  जेठ १७ गते साँझदेखि बेपत्ता रहेका किशोरको शव २१ गते बिहान स्थानीय कुच्ची भिरको खोँचमा फेला परेको थियो । 
 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update