Sagun Khabar
सुदूरपश्चिममा मुख्यमन्त्री परिवर्तन हुने सम्भावना छ : कांग्रेस सहमहामन्त्री पाण्डे 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम  –नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुनसक्ने सम्भावना रहेको बताएका छन् । नेपाल प्रेस युनियन अछामले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री परिवर्तन हुनेसक्ने बताएका हुन् । 

अहिले केन्द्रमा पाँच दलीय गठबन्धनको सरकार रहेको हुनाले गठबन्धनको भावना अनुसार मुख्यमन्त्री परिवर्तन हुन सक्ने उनले औंल्याएका हुन । अहिले सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र) बाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । 
 

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update